free website hit counter

नगद लाभांश मात्र बाँड्दै सिभिल बैंक

beemaadmin
२०७६ कार्तिक २१, बिहीबार

काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट शेयरधनीलाई नगद लाभांश मात्रै वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको कार्तिक २० गते सम्पन्न २८८ औं बैठकले प्रतिशत ६.५७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ५२ करोड ५८ लाख २२ हजार ७०१ रुपैयाँ बराबरको नगद लाभांश पाउने भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकले गत आर्थिक वर्षको कमाईबाट बढाएर लाभांश प्रस्ताव गरेको हो।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७६ करोड ४ रुपैयाँ खुद नाफा कमाएको थियो भने ५५ करोड ६९ रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार