हुन त अभिकर्ता भनेको कमिशनको आधारमा काम गर्ने व्यक्ति नै हुन् । तर कमशिन ग्राहकको बीमा शुल्कमा जोडिए पनि बीमकको (बीमा कम्पनीको) व्यापारिक शैलीमा निर्भर हुन्छ । ग्राहकको बीमा गरे बापत कमिशन नलिएको भन्दा हुन्छ किनकि बीमा व्यवसायको नियामक निकाय बीमा समितिको निर्देशन अनुसार चल्दछ ।
ग्राहक आफैं बीमा कम्पनी गए बीमा शुल्क वा अभिकर्ता कमिशन छूट हुन्छ ?
बीमाको शुल्क कसैले पनि परिवर्तन गर्न सक्दैन । ग्राहक आफैं बीमा कम्पनी गई जीवन बीमा शुल्क घटबढ हुँदैन । बरु बीमा अभिकर्तालाई नै छूटको अनुरोध गर्दा केही राहत मिल्न सक्छ । कुशल अभिकर्ताले बीमा कम्पनीले स्किम निकालेको बेलामा पारेर वा अरु कुनै शीर्षकमा एक पटकलाई धेरै थोरै बीमा शुल्क छूट गरीदिन सक्दछन् । त्यो आपसी सहमति तय हुने कुरा हो ।
० ग्राहक आफैं बीमा कम्पनीमा जाँदा बीमा हुन्छ कि हुँदैन वा कसरी हुन्छ ?
नेपालमा कुनै पनि जीवन बीमा अभिकर्ताको हस्ताक्षर र गोप्य प्रतिवेदन नभई हुँदैन । बीमा कम्पनीमा सिधा गएर बीमा गर्दा कही कसैको भए तापनि कम्पनकीकै सेरोफेरोमा घुम्ने अभिकर्ताले हस्ताक्षर गरेर बीमा गराएका हुन्छन् । जुन कुरा ग्राहकलाई थाहा हुँदैन । कतिपय ग्राहकहरु अभिकर्तामार्फत् प्रस्ताव फारम भरेर घरमा सल्लाह गर्छु भनेर भरेको फारम लिएर जान्छन् र बीमा कम्पनीमा गई बीमा गर्छन् । सकभर म सिधा कम्पनीमा आएको हो अभिकर्तामार्फत् होर भनेर छूट माग्दछन् र अभिकर्तालाई झुक्याएँ भन्छन् तर ग्राहक आफैं झुक्किइरहेका हुन्छन् ।
० त्यसो भए जीवन बीमा कसरी गर्ने ?
आफूलाई विश्वास लाग्ने अभिकर्तामार्फत् नै बीमा गर्दा बढी सेवा प्रदायक र सुरक्षित होइन्छ । बीमाका प्रकार, पुरक सुविधाहरु र जोखिम बहन हुने क्षेत्रहरु बुझेर बीमा गर्नुपर्दछ । अभिकर्ता भने घुम्ति बीमा हो कमिशनको खेती होइन । बीमा कम्पनीको प्रतिनिधि अभिकर्ता हुन् । बीमकको सिफारिशमा बीमा समितिबाट इजाजत लिएका हुन्छन् । यदि अभिकर्ताले गलत नियतले काम गरेमा कानुन संवत कारबाही हुन्छ । यदि अभिकर्ताको नैतिकतामा संका लागेमा बीमा शुल्क बुझाउनलाई आफू अभिकर्तासँगसँगै बीमा कम्पनी जान सकिन्छ र आगामी बीमा शुल्क पनि विश्वासका लागि अभिकर्तालाई दिन मन नलागे आफैं बुझाउने ।
० अभिकर्तामार्फत् बीमा गर्दा अन्य के फाइदा हुन्छ ?
जीवन बीमा प्राय लामो अवधिको करार हो वा गरिन्छ । जसमा ५–१०–१५–२०–२५ वर्षको बीमा योजना अनुसारले र आफ्नो आवश्यकता पूर्ति गरिन्छ । व्यक्तिको आर्थिक स्थिति बिग्रँदैन । कुनै बेला दैनिक जीवन यापन गर्न नै समस्या हुनसक्छ । त्यस्तो स्थितिमा आफूले खरिद गरेको बीमालेखको शुल्क बुझाउन झन कठिन हुन्छ । यस्तो अवस्थामा आफ्नो समस्या खुलस्थ रुपमा अभिकर्तालाई व्यक्त गर्दा समस्या समाधान हुनसक्छ ।
० अभिकर्ताले समस्याबाट नै समाधान निकाल्दछन्
ग्राहकले बीमा शुल्क दुई वर्षभन्दा बढी समय लगातार बुझाउन नसकेमा आफ्नो समस्या अभिकर्तासँग स्पष्ट कुरा राख्नुपर्दछ ।
त्यस्तो अवस्थामा बीमा लेख धितोमा कति पैसा पाइन्छ । त्यो पैसाले घरायसी गर्जो टारेर बीमा शुल्क बुझाउन सकिन्छ कि सकिँदैन अभिकर्ताले बाँच र बचाउको सिद्धान्त लागू गर्दछ । यसबाट पनि समाधान नभए बीमालेख समर्पण गरी कम रकमको (बीमाङ्क) बीमा गरी बाँकीले आफ्नो आर्थिक समस्या टार्न सकिन्छ ।
० समस्याको समाधान अभिकर्ताले गर्छन् ?
यो जटिल समस्या हो । यसमा ग्राहक आफैं मर्कामा पर्दछ । ग्राहकले सोध्छन् बीमाको पैसा माग्नलाई फोन आयो । यो गलत हो । पैसा नभए स्पष्ट भन्नु पर्दछ समाधानको उपाय अभिकर्ताले निकाल्छन् ।
० अभिकर्ता कम्पनीका सूचक पनि हुन् ।
बीमकहरुले बीमालेखको प्रकार र सुविधा अभिकर्तालाइ बताएका हुन्छन् । कहिले काहीं व्यतित बीमालेखको ब्याज र हर्जना छूट गरिएको हुन्छ र त्यही कारणले ग्राहकलाई अभिकर्ताले जानकारी गराउन खोज्दछन् तर ग्राहकको फोन उठ्दैन यो विडम्बना हो ।
० अभिकर्ता बीमा कम्पनीका पिलर हुन् ।
बीमा कम्पनीलाई सञ्चालनमा सहयोग र योगदान दिने भनेकै अभिकर्ताले हो । बीमकको प्रमुख कार्यकारी अधिकृत लगायतलाई रोजगारी दिने र तलब भत्ताको व्यवस्था गराइदिने नै अभिकर्ता हुन् । यदि बीमकमा अभिकर्ताले व्यापार गरेन भने बीमा कम्पनी चौपट हुन्छ । बीमकको विश्वास अभिकर्ताले लिई ग्राहकलाई सेवा र सुविधाको निश्चित गर्दछन् र आफूनै जमानत बनेर काम गर्दछन् र ग्राहक आकर्षित भई बीमालेख खरिद गर्दछन् ।