free website hit counter

संघ र प्रदेश सरकारको समन्वयले उद्योग विस्तार

beemaadmin
२०७६ कार्तिक २२, शुक्रबार

काठमाडौं । संघीय संरचनामा उद्योग प्रवद्र्धनसम्बन्धी कार्यक्रम उद्योग विभागको अग्रसरतामा प्रदेश नम्बर ५ को भैरहवामा सम्पन्न भएको छ । देश संघीय संरचनामा गइसकेपछि उद्योग प्रवद्र्धनको क्षेत्रमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने दृष्टिकोणले एक दिने कार्यक्रम आयोजना गरिएको विभाग अन्तर्गतको घरेलु, साना, मझौला उद्योग प्रवद्र्धन शाखाका निर्देशक दिपक घिमिरेले बताउनुभयो । प्रदेशस्तरका सरोकारवाला निकायहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रमको प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री गिरीले प्रदेशको विकासका लागि उद्योग प्रवद्र्धनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभएको थियो । निजी क्षेत्र, उद्यमी, सरोकारावाल निकालयको उपस्थिति रहेको उक्त कार्यक्रममा विभागका महानिर्देशक जिवन सिटौलाले उद्यमीहरूको पक्षमा विभागले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभएको थियो भने कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश नं. ५ का संयोजक गुणनिधि निवारीले प्रदेश र संघको समन्वय भए मात्रै उद्योग क्षेत्रको विस्तार हुने बताउनुभएको थियो ।

उक्त कार्यक्रममा उद्योग प्रवद्र्धनका क्षेत्रमा रहेका अप्ठ्याराहरू, ऐन नियमका पक्ष र बन्द अवस्थामा रहेको फर्म नविकरणको समस्या लगायतका विषयमा सरोकारावालाहरूले संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । उक्त कार्यक्रममा विभागका निर्देशक प्रेम लुइटेलले उद्योग दर्ता प्रक्रिया र सुविधाका सम्बन्धमा, संघीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव (प्रा) प्रभातकुमार सिंहले घरेलु तथा साना उद्योगमा प्रविधि हस्तान्तरण र विज्ञ डा. रामजी न्यौपानेले लघु उद्यमको महत्वका बारेमा नेपाल सरकारले गरेका प्रयासहरूको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूले महत्वपूर्ण सुझाव दिएका थिए । उक्त सुझावलाई समेटेर विभागले महत्वपूर्ण नीतिगत निर्णय लिने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार