free website hit counter

कसले रोक्यो बीपीको सिनेट

beemaadmin
२०७६ कार्तिक २३, शनिबार

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको ४३औं सिनेट बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभाकक्षमा बोलाइएको बैठक आकस्मिक रुपमा स्थगित गरिएको हो । सिनेटका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको आदेशमा बैठक स्थगित गरिएको स्रोतको दाबी छ । बैठकमा भाग लिनका लागि प्रतिष्ठानका पदाधिकारी एवं सिनेटका सदस्यहरु राजधानी आइसकेका थिए भने राजधानीमा रहेका सदस्यहरु पनि बैठकमा भाग लिनका लागि आफ्नो समय तालिका मिलाइसकेका थिए । तर मन्त्रिको आदेश भन्दै बैठक स्थगित हुन पुगेपछि सिनेटका सदस्यहरु आक्रोशित हुन पुगेका छन् ।

स्रोतकाअनुसार यस पटकको सिनेटमा निर्माणाधिन मातृशिशु भवनको निर्माण कार्य शुचारु गर्ने र त्यसका लागि यसअघि दीपक बोहोरा स्वास्थ्यमन्त्री हुँदा रोक्का गरिएको बजेट फुक्का गर्ने एजेन्डा रहेको थियो । उक्त भवन रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माण गर्ने जिम्मा पाएको छ ।

भवनको विषयमा कुरा नमिलेपछि बैठक स्थगित हुन पुगेको एकथरिको दाबी छ भने अर्काथरिले उपकुलपतिको कार्यभार रेक्टर डा. गुरु खनालले नै सम्हालिरहेको र गत भदौदेखिनै रिक्त रहेको रजिष्टारको कार्यभार पनि खनालले नै सम्हालेको हुनाले भीसी, रेक्टर, रजिष्टार एउटै व्यक्ति भएको हुनाले यो अवस्थामा सिनेट बैठक बस्दा वैधानिकताको प्रश्न उठ्ने भयका कारण बैठक स्थगित हुन पुगेको बताइन्छ । गत असारको अन्त्यदेखि उपकुलपतिको पद रिक्त छ भने साउन महिनादेखि रजिष्टारको पद पनि रिक्त छ । उपकुलपति रिक्त भएपछि रेक्टर डा. गुरु खनाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनी कार्यवाहक भएपछि यो पहिलो सिनेट बोलाइएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार