free website hit counter

निर्वाचन आयोगबाट प्रधानमन्त्री फुत्तै राष्ट्रपतिकोमा

beemaadmin
२०७७ माघ २७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगबाट सोझै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न मंगलबार निर्वाचन आयोगबाट सिधै शितल निवास पुगेका हुन् ।

निर्वाचनबारे विवाद भइरहेका बेला आयोगमा पुगेर निर्वाचन प्रक्रिया निरन्तर जारी राख्न भनेका प्रधानमन्त्री ओली आयोगबाट शितल निवास पुगेका हुन् । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराएको ओली निकट स्रोतहरुले बताएका छन् ।

सोमबारको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशका जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार