free website hit counter

नेपाल लाइफको सिइओमा सन्तोष प्रसाई नियुक्त

beemaadmin
२०७७ माघ २९, बिहीबार

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय समितिमा ७ वर्ष लामो अनुभव सम्हालिसकेका सन्तोष प्रसाई मुलुकको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् ।

संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५औं बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।

संचालक समितिले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती स्विकृतिको लागि बीमा समितिमा पठाउने निर्णय गरेको छ । संचालक समितिले उनको नियुक्तीसँगै कम्पनीले नयाँ उचाई लिने विश्वस व्यक्त गरेको छ ।

विगत साढे ३ वर्षदेखि नेपाल लाइफसँग आवद्ध प्रसाईले साउन १ गते देखि कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

सम्बन्धित समाचार