जुम्ला । शाखा सञ्जाल विस्तारको क्रममा प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ मा आफ्नो २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको जुम्लामा शाखा कार्यालयको उद्घाटन गर्दै चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिंङ सेवा विस्तार गरेको बताए ।
उनले बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यतm गरे ।