free website hit counter

ओली समूहको धारणा आजै आउने

beemaadmin
२०७७ फाल्गुन १२, बुधबार

काठमाडौं। संसद विघटन गर्ने सरकारको निर्णय सर्वोच्चले उल्ट्याएपछि नेकपा (ओली समूह) ले स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछिको अवस्थाका विषयमा छलफल गर्न नेकपा ओली समूहले स्थायी कमिटीको बैठक बोलाएको हो।
बुधबार विहान ११ बजे बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेको सो समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी कदमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने ओली निकट स्रोतले जनाएको छ।
सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएपछि रणनीति बनाउन ओली समूहले स्थायी कमिटी बैठक बोलाएको हो।
उता नेकपाकै प्रचण्ड–माधव नेपाल समूहले आजै अपरान्ह चार बजे संंसदीय दलको बैठक बोलाएको छ। संसद पुनःस्थापना भएपछि उत्साहित बनेको प्रचण्ड–नेपाल समूहले ओली समूहका सांसदलाई पनि बैठकमा सहभागी हुन आह्वान गरेको छ।

सम्बन्धित समाचार