free website hit counter

नागरिकता र पार्टी सदस्यतासहित उपस्थित हुन नेकपाको सर्कुलर

beemaadmin
२०७७ फाल्गुन १७, सोमबार

काठमाडौं । सरकार गरेको संसद विघटनको निर्णयलाई सर्वोच्च उल्ट्याएपछि नेकपा प्रचण्ड–नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ। सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठकपछि केन्द्रीय समितिको बैठक फागुन १९ गतेका लागि तय गरिएको छ । पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने बैठकमा सक्कल नागरिकता र पार्टीको परिचय–पत्र सहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ । बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्र सहित अनिवार्य उपस्थितिको लागि सर्कुलर जारी गरेको छ । बैठक दिउँसो १ बजे बस्ने बताइएको छ । यस्तै फागुन १९ अघि नै पार्टी स्थायी समितिको बैठक पनि बस्नेछ । सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति निर्वाचन आयोगलाई अनुरोध गरेको पनि बताए ।

सम्बन्धित समाचार