free website hit counter

एभरेष्ट बैंकका ग्राहक विशेष छुट

beemaadmin
२०७६ कार्तिक २६, मंगलवार

काठमाडौं । बित्तीय संस्थाहरुले आफ्ना ग्राहकलाई धेरै भन्दा धेरै सुविधा दिने होडबाजी नै चलेको छ । एभरेष्ट बैंक लिमिटेडले ट्रानक्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ ।

बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले कुल बिलमा ३० प्रतिशत छुट पाउनेछन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्ने बताइएको छ । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार