free website hit counter

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्याल संचालनमा

beemaadmin
२०७६ कार्तिक २६, मंगलवार

काठमाडौं । सबैभन्दा बढी शाखा सञ्जाल रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूर पश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहका बीच प्रादेशिक कार्यालयको उद्घाटन गरे । कार्यक्रममा मन्त्री भट्टले सरकारको लगानीमा संचालित राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताउँदै सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ्ग सेवा प्रवाहका लागि सेवा सहितको नाफा र नाफा सहितको सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार