free website hit counter

एभरेष्ट इन्स्योरेन्सले बढायो नाफा

beemaadmin
२०७६ कार्तिक २६, मंगलवार

अर्थबिमा समाचारदाता

काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स (ईआइसी) चालु आर्थिक बर्षको पहिलो त्रैमासको प्रतिवेदनमा शानदार प्रगति गरेको विवरण प्रस्तुत गरेको छ । सो बिमा कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा खुद बीमा शुल्क २०.६५ प्रतिशत बढेको तथा खुद नाफा ३३८ प्रतिशतले बृध्दि भएको सानदार प्रतिवेदन प्रकाशित गरेको छ ।

सो इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ करोड ९२ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको देखाएको छ जुन अधिल्लो आ. बको यसै अवधिको ९ करोड ८८ लाखको तुलनामा दुई करोड करोड चार लाख रुपियाँ बढी हो । गत वर्षको पहिलो त्रैमासमा ४६ लाख १४ हजार रुपियाँ खुद नाफा कमाएको एभरेष्ट इन्स्योरेन्स यस बर्षको सोही अवधिमा नाफामा एक करोड ५६ लाखले छलाङ मार्दै दुई करोड दुई लाख रुपियाँ कमाएको छ ।

चुक्ता पुँजी बढाउने सिलसिलामा ३०० प्रतिशत हकप्रद सेयर जारी गर्दै एक अर्ब नौ करोड भएका कारण नाफमा उल्लेख्य सुधार भए तापनि एभरेष्ट इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी भने मात्र सात रुपियाँ ३८ पैसा कायम भएको छ ।
एभरेष्ट इन्स्योरेन्सले पहिलो त्रैमाससम्ममा २५ हजार ८५७ बीमालेख जारी गरी २५ करोड ७१ लाख रुपियाँ कुल बीमा शुल्क संकलन गरेको तथा ९३७ दाबी वापत १० करोड २८ लाख रुपियाँ भुक्तानी गरेको देखाएको छ ।

एभरेष्ट इन्स्योरेन्सको जगेडा कोषमा १५ करोड १२ लाख रुपियाँ संचित छ भने बीमा कोषमा २३ करोड ७३ लाख रुपियाँ पुगेको छ । त्यसैगरी सो इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १३५ रुपियाँ ४७ पैसा रहेको छ मंगलबार सो कम्पनीको सेयर बजारमा २२५ रुपियाँमा कारोबार भइ रहदा कम्पनीको मूल्य आम्दानी अनुपात ३०.४८ गुणा रहेको छ । सेयर बजारमा मूल्य आम्दानी अनुपात २५ गुणाभन्दा माथिलाई राम्रो लगानी योग्य मानिदैन ।

सम्बन्धित समाचार