free website hit counter

बीमा बचत पनि हो, सुरक्षा पनि हो

beemaadmin
२०७७ फाल्गुन २६, बुधबार
  • कविप्रसाद पाठक

मान्छे बिहान घरबाट निस्किएपछि बेलुका घर फर्किन्छ कि फर्किदैन त्यो टुङ्गो हुँदैन । आफ्ना गतिविधिहरु सञ्चालन गर्ने क्रममा सबै कुराहरु आफूले सोचेअनुसार हुन्छ भन्ने हुँदैन। हामी चाहन्छौ त्यस्तो दुर्घटना त नहोस्, तर कहिलेकाहीँ दुर्घटना पनि हुन सक्छ र भइहालेमा आफ्ना सन्तती या आफूले पालनपोषण गर्नुपर्ने मान्छेहरुको पनि भोलिको जीवन सुरक्षित रहोस भन्ने हिसाबमा जीवन बीमा गर्ने गरिन्छ । भन्नाले बीमा बचत पनि हो, सुरक्षा पनि हो र जोखिम हस्तान्तरणको माध्यम पनि हो । बीमा बचत हो र बीमा जोखिम हस्तान्तरणको माध्यम पनि हो। मान्छे जहिले पनि जोखिममा रहिरहेको हुन्छ र अनिश्चिततामा रहिरहेको हुन्छ र जहाँ अनिश्चितता हुन्छ त्यहाँ बीमाको महत्व हुन्छ ।
जसले आर्थिक उपार्जन गरिरहेको हुन्छ, उसको बीमा गर्न बढी आवश्यक हुन्छ । जसले कमाइ रहेको उसले बीमा गर्नु राम्रो हो । बीमा अनिवार्य बचत हो । बैंकको पैसा आवश्यक पर्यो भने हामी तुरुन्तै झिक्न पनि सक्छौं । तर बीमामा जति अवधिको बीमा गरिएको हुन्छ, त्यो अवधिसम्म क्रमशः तोकिएको प्रिमिय जम्मा गर्दै गइरहेको हुन्छ र निश्चित अवधिपछि हामीले फिर्ता पाउँछौं । फिर्ता पाउँदा जम्मा गरेको रकमभन्दा कम्पनीले तोकेको अनुसारको बोनस सहित फिर्ता पाउने हुँदा त्यो एक खालको बचत हो। यो फिर्ता पाउँदै आफैंले पनि लगानी गर्न सकिने र बीमा कम्पनीले प्रिमियमको रुपमा सङ्कलित रकम अन्य उत्पादित क्षेत्रमा लगानी गरेको हुन्छ । अहिले कुल जनसंख्याको झण्डै २५ प्रतिशत नागरिक बीमाको दायरामा आउनु भएको छ । राष्ट्रिय बीमा संस्थानको कुरा गर्ने हो भने जीवन बीमा कोषको क्षेत्रमा हाम्रो योगदान १० प्रतिशत रहेको छ भने कुल प्रिमियम संकलनमा १२ प्रतिशत राष्ट्रिय बीमा संस्थानको योगदान रहिआएको छ ।
बीमामा सबैभन्दा बढी चल्ने भनेको सावधिक जीवन बीमा हो।निश्चित समयपछि जुन रकम बोनस सहित लिइन्छ, त्यसलाई सावधिक जीवन बीमा भनिन्छ । यसलाई ईन्डोमेन्ट प्रडक्ट पनि भनिन्छ । सावधिक जीवन बीमामा सेवाहरुको आधारमा विभिन्न नामहरु दिएर सब प्रडक्टहरु पनि हुन्छन् । अहिले जीवन सुरक्षा भन्ने प्रडक्ट धेरै बिक्री भइरहेको छ । बालबच्चाको बीमा पनि हुन्छ । श्रीमान श्रीमतीको लागि जीवनसाथी बीमा पनि छ । यस्तै कर्जा रकमको मात्र बीमा गर्न पनि मिल्छ । कर्जाको मात्र वा कसैले ऋणको मात्र बीमा गर्यो भने यसको प्रिमियम एकदमै सस्तो हुन्छ र ऋण तिर्न नसकेमा कम्पनीले तिरिदिन्छ । तिर्न नसक्ने अन्य कारणले होइन की बीमा गर्नेको मृत्यु नै भयो भने मात्र कम्पनीले त्यो ऋण तिरिदिन्छ ।
बीमामा ऋण कर्जामा लिने व्यवस्था पनि हुन्छ । तर यस्तो बीमामा ऋण लिन पाईंदैन र अवधिपछि एकमुस्ट बोनस सहित रकम पाइन्छ । राष्ट्रिय बीमा संस्थानमा सामुहिक बीमा पनि गर्न मिल्छ । जस्तै कुनै संस्थामा काम गर्ने सम्पूर्ण कर्मचारीको सामुहिक बीमा गर्ने व्यवस्था छ । अहिले नेपाल सरकारको सबै राष्ट्रसेवकहरु, निजामती, शिक्षक, सेना, प्रहरी, सशस्त्र सबैको सामुहिक बीमा हाम्रो राष्ट्रिय बीमा संस्थानमा भइरहेको छ । विद्धुत प्राधिकरण, नेपाल टेलिकम, नेपाल राष्ट्र बैंक, कृषि बैंक जस्ता धेरै कम्पनीहरुको सामुहिक बीमा हामीहरुमा छ । यस्ता संस्थाहरुमा कार्यरत कर्मचारीहरुको पनि संस्थाले दिएको कर्जाको पनि बीमाको व्यवस्था हामीले गरिरहेका छौं ।
जीवन बीमा गरिसकेपछि तीनवटा अवस्थामा यसको दावी गर्न मिल्छ । एउटा बीमाको अवधी सकिएपछि बीमा दावी पाउँछ । अर्को समर्पण मूल्य लिने भनिन्छ अर्थात अवधीअघि नै रकम आवश्यक भयो भने वा अरु प्रिमियम तिर्न नसक्ने भयो भने बीमा दावी गर्न सकिन्छ । एउटा फर्मुला लगाएर जति फिर्ता आउँछ, त्यो रकम दावी गर्न सकिन्छ । अर्को भनेको मृत्यु दावी भुक्तानी हो, जसमा साँच्चै मृत्यु भएको हो कि होइन भनेर पुष्टि गर्नु पर्ने हुन्छ ।
बीमा भनेको कन्ट्रायक्ट हो । कुन बीमा लिएको, कतिको पाइने हो, केके कागजसहित बीमा गर्नुपर्ने हो र दावीको लागि केके कागज चाहिन्छ पहिले नै खुलाइएको हुन्छ र त्यसको जानकारी लिएर मात्र बीमा गरियो भने पछि समस्या आउँदैन । हाम्रो देशमा कमिसनको लोभमा, आम्दानीको लोभमा गलत खालको सूचना प्रवाह गरेर पनि बीमा बेचिरहेको हुन्छ । जसले गर्दा ग्राहक कन्फ्युजनमा परिरहेको हुन्छ ।
सबै कम्पनीका बोनस दर, प्रिमियम रेट एउटै हुँदैन, त्यसैले सबै कुरा बुझेर, पढेर, अध्धयन गरेर मात्र बीमा गरेमा राम्रो हुन्छ । बीमा गर्न थालेको २ वर्षपछि ऋण लिन पाइन्छ । हाम्रो कम्पनीको कुरा गर्दा समर्पण मूल्यको ९० प्रतिशत ऋण लिन पाइन्छ । स्वास्थ्य बीमा छुट्टै त हुन्छ, तर जीवन बीमामै थप सुविधाको रुपमा पनि स्वास्थ्य बीमा लिन पाइन्छ । घातक रोग लाग्यो भने बीमा रकम दिन्छांै भन्छन्, तर यो कम्पनी अनुसार फरक फरक हुन्छ । हरेक कम्पनीले कुन रोगलाई घातक रोग मान्ने र कस्तो अवस्थामा उपचार खर्च गर्ने व्यवस्था गरेको हुन्छ । राइडरको रुपमा लिएको छ भने पाइन्छ, नत्र पाईंदैन ।
हरेक कम्पनीको आआफ्नो पोलिसी हुन्छन् । त्यसकारण कस्तो खाले बीमा गर्न चाहेको हो, बालबच्चालाई हो कि आफैंलाई हो कि, प्रिमियम तिरिसकेपछि बीचबीचमा किस्ता लिंदै गर्ने खालको बीमा गर्ने हो कि । त्यसैले आफ्नो आवश्यकता अनुसारको, आम्दानीको स्रोतको आधारका कुराहरु बीमा रोज्ने हो र भुक्तानी प्रकृया बुझेर मात्र बीमा गर्नुपर्छ । जीवन बीमामा बेफाइदा केही छैन र आफूले सकेअनुसारको बीमा लिएमा राम्रो हुने कारणले सबैलाई बीमा गरौं भन्न चाहान्छु । जति कम्पनीमा जति रकमको बीमा गर्न सकिने भएको कारणले एक पटक गरिसक्नु भएको छ भने दोस्रो पटक गरौं, तेस्रो पटक फेरि गरौं ।
गर्नुभएको छैन भने एक पटक गरौं, परिवारको सदस्यको गरौं ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार