free website hit counter

एमाले ओलीको एकलौटी, माधव नेपाललाई हटाएर राजन भट्टराई

beemaadmin
२०७७ फाल्गुन २८, शुक्रबार

काठमाडौं । सम्मानित सर्वोच्च अदालतको आदेशपछि माओवादीसँगको एकता भंग भएपछि पूर्ववत अवस्थामै पार्टीमा फर्किएका पूर्व अध्यक्ष तथा वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग सरसल्ला हनै नगरी अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको दशौं महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय गरेका छन् भने महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् भने माओवादी केन्द्रतिर नफर्किएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।
अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग आज बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गर्दै पदाधिकारीहरु हटाएको बताइएको छ । २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको बताइएको छ ।

सबैतिर भद्रगाेल

नेकपा एमालेमा पहिलो औपचारिक बैठक नै नबसी अन्तरसंघर्ष चर्किएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेका छन् । बैठकले माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिइएको छ। उक्त विभाग प्रमुख माधवकुमार नेपाल थिए। त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ। बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ। बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।

सम्बन्धित समाचार