free website hit counter

आवेदन नखुल्नै दौडधूप चर्कियो, चारैवटा पुनर्बीमा कम्पनीलाई अनुमति नदिने पक्षमा समिति

beemaadmin
२०७७ चैत्र ४, बुधबार

काठमाडौं । यहाँ कुनै एउटा व्यापार सफल भयो भने सबैको ओइरो त्यतै लाग्छ । फरक सोच्ने भन्दा पनि उस्तै व्यापार गर्ने होडबाजी चल्ने गर्छ । नेपालमै पुनर्बिमाको आवश्यकता देखेर नेपाल पुनर्बीमा कम्पनीको स्थापना भयो । जसको आकर्षण बढेपछि अहिले थप पुनर्बिमा कम्पनीहरु पनि खुल्ने क्रममा छन् । अहिले व्यावसायिक घरानादेखि बीमा क्षेत्रमै आवद्ध रहेका व्यक्तिहरुले पुनर्बीमा कम्पनी खोल्न सक्रियता देखिएका छन् । दुई साता अघि बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी आवश्यकता रहे–नरहेको बारे अध्ययन गर्न समिति नै गठन गरेको छ । तर बीमा क्षेत्रका विज्ञ, व्यावसायिक घराना साथै म्यानपावर व्यवसायी समेत यतिबेला नयाँ पुनर्बीमा कम्पनी खोल्न जोडबलका साथ लागिरहेका छन् । समितिको अध्ययन अघि नै कम्पनी खोल्ने हतारो शुरु भइसकेको छ । बीमा समितिले आवेदन भने खुलाएको छैन । बीमा समितिले रोके पनि यतिबेला चार वटा प्रस्ताविक कम्पनीहरु चर्चामा छन् । काठमाडौं रि इन्स्योरेन्स, जेन्यून रि इन्स्योरेन्स, अन्नपूर्ण रि इन्स्योरेन्स, प्रुडेन्सियल रि इन्स्योरेन्स नामक चार वटा कम्पनी प्रस्ताव गरेर छुट्टाछुट्टै समूहले लाइसेन्स लिन जोडबल गरिरहेका छन् ।
००००
अहिले नेपालमा एउटा पुनर्बीमा सञ्चालनमै छ । नेपाली बजार सानो भएका कारण र सबै जोखिम एकै ठाउँमा केन्द्रीत गर्दा देशको अर्थतन्त्र समेत धरासायी हुने भएका कारण धेरै पुनर्बीमा कम्पनीको आवश्यकता नरहेको विज्ञहरु बताउँछन् । बीमा समितिका कार्यकारी निर्देशक पौडेल अध्ययन समितिको प्रतिवेदनले जे सुझाव दिन्छ त्यसपछि मात्रै कतिलाई दिने कसरी दिने भन्ने विषयमा छलफल हुने बताएका छन् । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवाल पनि धेरै कम्पनीहरुलाई सञ्चालन अनुमति नदिने पक्षमा रहेको बताइन्छ ।
प्रस्तावित पुनर्बीमा कम्पनीहरुमध्ये काठमाडौं रिमा बीमा क्षेत्रका विज्ञहरुको समूह छ । उक्त कम्पनीमा बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिकै पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, बीमा कम्पनीका सबै भन्दा पुराना सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आईएमई लाइफ इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको सक्रियता देखिन्छ ।
प्रस्तावित अर्को जेन्यून रि इन्स्युरेन्समा दुई जना बीमा क्षेत्रका विज्ञहरु रहेका छन् । बीमा समितिकै कार्यकारी निर्देशकबाट अवकाश पाएका श्रीमान कार्की र पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रवीन्द्र घिमिरे यो कम्पनीमा रहेका छन् । यस कम्पनीमा म्यानपावर व्यवसायी रघु पुरी समेत सहभागी रहेको बताइएको छ । यस कम्पनीले भने विदेशी साझेदार जुटाइसकेको छैन ।
काठमाडौं रि इन्स्योरेन्समा बीमा समिति तथा नेपाल पुनर्बीमा कम्पनीको नेतृत्व चलाइसकेका र बीमा कम्पनी चलाएका अनुभवी व्यक्तिहरुको दक्ष समूह छ । तुलनात्मक हिसाबले अन्य प्रस्तावित कम्पनीमा त्यस्तो देखिंदैन । पछिल्लो साता मात्रै काठमाडौं रि इन्स्योरेन्समा निजी क्षेत्रलाई छुट्याइएको ३ अर्बको लागि ४ अर्ब जति लिखित सहमति पत्र आइसकेको बताइएको छ । बैंक बीमाको लागि छुट्याइएको ४ अर्बमध्ये २ अर्ब जति प्रतिबद्धता आइसकेको र अन्यको पनि आउने क्रम जारी रहेको प्रस्तावित कम्पनीका सञ्चालकहरु बताउँछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार