free website hit counter

स्व. सुचिता खनालको मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७६ कार्तिक २८, बिहीबार

 

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले श्वेता सेक्युरिटिज प्राइभेट लिमिटेडकी अध्यक्ष तथा अर्थसचिव रामेश्वर प्रसाद खनालकी श्रीमती सुचिता खनाल मृत्यु बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी सो रकम भुक्तानी गरेको हो ।

खनालले तीन वर्ष अघि ५० लाख रुपैयाँको जीवन बीमा गरेकी थिइन् । कम्पनीले अहिले वोनस सहित ६२ लाख २० हजार रकम बीमा दावी वापत भुक्तानी गरेका हो । उक्त रकम नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख भरत बस्नेतले स्व।सुचिता खनालका श्रीमान एवं पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका छन् ।

छोटो समयमा नै आवश्यक कागजात पेश भएपछि दाबी भुक्तानीमा यथाशिघ्र फर्छौट गरिएको कम्पनीले जनाएको छ । खनालको उपचारको क्रममा यहि असोज २१ गते मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार