free website hit counter

विदेशमा भुक्तानी सिद्धार्थ बैंकमार्फत गर्न पाइने

beemaadmin
२०७७ चैत्र १३, शुक्रबार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विदेशी मुद्राको भुक्तानी सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले ‘सिद्धार्थ ईकम कार्ड’को सुरुवात गरेको छ ।

यस सुविधा सञ्चालन पश्चात् सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रूपैयाँलाई अमेरिकी डलर ५०० वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सटही गरेर कार्डमार्फत नेपालबाटै विदेशमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । कार्ड जारी गर्दा प्रयोगकर्ताको ग्राहक पहिचान विवरण अद्यावधिक भएको हुनुपर्नेछ भने सम्बन्धित प्रयोगकर्ताले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ ।

प्रयोगकर्ताले एकै पटक वा पटक–पटक गरी एक वर्षमा बढीमा अमेरिकी डलर ५०० वा सो बराबरको परिवर्त्य मुद्रा जम्मा गर्न सक्ने पनि बैंकले जनाएको छ । बैंकले ल्याएको यस सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, अन्तर्राष्ट्रिय किनमेल सेवा अझ बढि सुविधाजनक बनाउने र बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बनाउने विश्वास लिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार