free website hit counter

बीमा क्षेत्र आकर्षणको केन्द्र बनेको छ

beemaadmin
२०७७ चैत्र १३, शुक्रबार

० खुलेको दुई वर्षको अवधिमा के कस्ता तालिमहरू सम्पन्न गर्नुभयो ?
– जीवन तथा निर्जिवन बीमाका कर्मचारीहरूलाई स्थलगत तालिम दिइयो । बाणिज्य बैंकहरूको कर्मचारीहरू, कतिपय बीकका सञ्चालकहरू, बीमा समितिका कर्मचारीहरूलाई विविध प्रकारका तालिम दिइयो । जसमा काठमाडौंभित्र र बाहिर गरेर हालसम्म ६० वटा तालिम सञ्चालन गरी १७९४ जना सहभागीलाई दक्षताको स्तरोन्नति गरियो ।

० तालिमका क्रममा के कस्ता विषयहरू समावेश हुन्छन् ?
– तालिमको केन्द्रबिन्दू नै बीमा हो, तैपनि यसैका पुरुक विषयहरू दावि भुक्तानी गर्ने प्रक्रिया, व्यक्तिको मूल्यांकन, जोखिमाङ्कन, पुनर्बीमा लगायतका विषयहरू समावेश गरिन्छ । साथमा बीमामा हुने ठगि र जोगिने उपायहरू पनि सिकाइन्छ । जुन विश्वभर चलिआएको प्रक्रिया हो ।

० यसरी तालिम दिइरहँदाको परिप्रेक्ष्यमा तालिम प्राप्त व्यक्तिहरूसहितको अनुभव कस्तो रह्यो ?
– तालिम प्राप्त व्यक्तिको क्षमतावृद्धि निश्चित रुपमा भएको पाइन्छ । यसै प्रभावले गर्दा बैंक वा बीमामा काम गर्न इच्छुक कर्मचारीलाई (आइआईएन) इन्स्योरेन्स इन्स्टिच्युट नेपालको तालिम आवश्यक हुन्छ । यस इन्स्टिच्युटमा तालिम लिएको प्रमाणपत्रले जागिरको ढोका खोल्न सहज बनाउन थालेको छ । यस कुराले पनि इन्स्टिच्युट अफ नेपालको तालिम प्रभावकारी छ भन्ने प्रमाणित हुन्छ ।

० नेपाली बीमा व्यवसायको सोचेझैं विस्तार हुन नसक्नुमा दक्ष जनशक्तिको अभावकै कारण हो ?
– बीमकहरूको तीव्र प्रतिस्पर्धाको कारण अस्वस्थ प्रतिस्पर्धा हुनसक्छ किनकि सबै बीमकलाई तुरुन्तै व्यापार चाहिन्छ । दक्ष कर्मचारीको अभावमा जसरी पनि व्यापार गर्ने हुँदा अस्वस्थ प्रतिस्पर्धा हुनु स्वाभाविक हो । त्यसै समस्या समाधानको लागि इन्स्टिच्युट अफ नेपाल स्थापना गरी कर्मचारीको क्षमता विकास गरिँदैछ र यो क्रम निरन्तर हुनेछ ।

० निर्जिबन बीमामा दाबी भुक्तानी जटिल र कठिन भएका गुनासाहरू आइरहन्छन् त्यसलाई छिटो छरितो बनाउन के गर्नुपर्ला ?
– यसमा बीमित पनि सचेत हुनुपर्दछ । बिमितले बीमा लेखको सर्तसुविधालाई अक्षरस पढ्ने बानी छैन र आफूले गरेको बीमाको जोखिम बहन के मा कसरी हुन्छ भन्ने बुझ्न जरुरी छ । बीमितहरूले बीमा सम्बन्धी जानकारी राख्नैपर्छ । एउटा क्षेत्रको बीमा गरी अर्को क्षेत्रको दाबी भुक्तानी पर्दा कठिन हुने हो । त्यसैक्रममा मुद्दा–मामिला भएमा झन् प्रक्रिया लम्बिन जान्छ ।
बीमालेखको दायराभित्र रहेको क्षतिपूर्ति तुरुन्तै हुन्छ तर यदाकदा बीमकहरू पनि दाबी भुक्तानि गर्न उदासिन देखिन्छन् । समग्रमा आवश्यक कागजात उपलब्ध भएको सही दाबी भुक्तानीमा खासै समस्या छैन ।

० नेपालको बीमा बजारको मूल्यांकन कसरी गर्नुभएको छ ?
– हेर्नुस् कँडेलजी नेपालमा बीमा बजार राम्रो छ । २०÷२५ प्रतिशतलको बृद्धिलाई नराम्रो मान्न सकिन्न । यतिसम्म बीमाको दायरा बढ्ला भन्ने मैले कल्पना पनि गरेको थिइनँ । मैले सन् १९७१ मा आइआइआई (इन्स्टिच्युट अफ इन्डिया) बाट तालिम लिएको थिएँ । बीमा बजार भनेको देशको आर्थिक गतिविधिसँगै तलमाथि भइरहन्छ, जस्तै सडक बनाउँदा, घर, शहर निर्माण गर्दा, हाइड्रोबाट विद्युत उत्पादन गर्दा त्यसभित्र संलग्न सबैको बीमा अनिवार्य हुनुपर्दछ ।

० बीमा तालिम सर्वसाधारणले लिँदा शुल्क कति तिर्नुपर्ला ?
– हाम्रो तालिमको तालिकामा सर्वसाधारण पनि पर्दछन् । कतिपय विद्यार्थीहरूलाई निःशुल्क तालिम पनि दिइराखेका छौं । अब उप्रान्त सामाजिक उत्तदारदायित्व अन्तर्गत आम जनमानसलाई ठाउँ ठाउँमा गएर तालिम दिने योजना छ । शुल्क तिरेर तालिम लिने व्यक्तिको हकमा समय, स्थानअनुसार शुल्क फरक हुनसक्छ । कार्यक्रम हाम्रो आफ्नै कार्यालयमा सञ्चालन गर्दा ५÷१० हजार प्रतिहप्ता पर्दछ भने स्थान परिवर्तन गरी होटल, मोटल, व्याङक्वेटतिर कार्यक्रम गर्न परेमा १५÷२० हजार २÷३ दिनको लाग्नसक्छ ।

० बीमकले व्यापार गर्न हम्मे हम्मे स्थितिमा तालिमप्राप्त व्यक्तिको प्रभाव कस्तो छ ?
– तालिमको कारणले ठूलो सहयोग गरेको महसुस छ । कार्यक्षमताको विकास भइरहेको छ । यस्ता व्यक्तिको सक्रियताले पक्कै व्यवसायलाई फाइदा गर्छ । गरिरहेको छ ।

० बीमामा कर्मचारीको आकर्षण कस्तो छ ? तलब भत्ता अन्य संस्थामा भन्दा के फरक छ ?
– पहिला व्यक्तिको जागिरको पहिलो रोजाई नै बैंक थियो भने हाल बैंकका कर्मचारीहरू पनि बीमकमा प्रवेश गर्दैछन् । हजुर आफैं अर्थबीमाको सम्पादक, बीमाको विश्लेषक आफैं जानकार हुनुहुन्छ । यसको मतलब बीमा क्षेत्र हाल आकर्षणको केन्द्र बनेको छ ।

भोजराज शर्मा, प्रमुख कार्यकारी अधिकृत इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लि. एवं बीमा विज्ञ

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार