काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७५–७६ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेको छ । पहिलो त्रैमाससम्ममा २५ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्ष सोहि अवधिमा कम्पनीले ९ करोड ८६ लाख बीमाशुल्क आर्जन गरेको थियो ।
सो अवधिमा २ हजार ९ सय ५५ बीमालेख जारी भएको जनाइएको छ । कम्पनीले ५ बीमालेख बराबर ३४ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणमा उल्लेख गरिएको छ ।
प्रथम त्रैमासको अवधिसम्ममा कम्पनीको जगेडा कोष ११ करोड १० लाख रुपैयाँ पुग्दा चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको जीवन बीमा कोषमा पनि सुधार आएको देखिन्छ । असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ५६ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफामा ४ प्रतिशतले वृद्धि गर्दै १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोजमसान्तसम्ममा कम्पनीले १ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो ।