free website hit counter

लण्डनमा जित्यो नेपाली बियरले पदक

beemaadmin
२०७८ बैशाख ८, बुधबार

काठमाडौं । संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा गत मार्च १७ मा आयोजित ‘लण्डन बियर कम्पिटिशन २०२१’ मा नेपालको अर्ना बियरले उपाधि जितेको छ । जसमा अर्ना ८ ले रजत र अर्ना लाइट बियरले काश्य पदक हासिल गर्न सफल भएका छन । यति ब्रुअरी प्रालिले तीनवटा फरक–फरक विधामा उच्च अंक प्राप्त गरी विशिष्ट श्रेणीको अवार्ड जितेको हो । अर्ना बियरले गुणस्तर, उपयोगिता र प्याकेजिङमा उच्च अंक प्राप्त गरेर यो सम्मान पाएको कम्पनीले जनाएको छ । योसँगै अर्ना बियर अन्तर्राष्ट्रिय बियर अवार्ड जित्ने पहिलो नेपाली ब्रान्ड बनेको छ । लन्डन बियर कम्पिटिशनको लक्ष्य उपभोक्ताले रुचाएका बियरलाई सम्मान गर्नु र उत्सव मनाउनु हो । प्रतिस्पर्धाका निर्णायकहरुले थुप्रै नयाँ तथा पुनः खोज गरिएका शैलीहरूको बिभिन्न बिधाहरुमा मुल्याङ्कन गरी विजेता घोषणा गरेका थिए । लण्डन बियर प्रतिस्पर्धाले गुणस्तर लगायत यसको उत्पादन क्षमता, प्राविधिक विशेषज्ञता, एवं उपभोक्ता तथा अन्य सहभागीहरू लगायतको रोजाइको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार