काठमाडौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्ट बैंकले ६९ करोड आठ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको यो नाफा अघिल्लो यसै अवधिको तुलनामा ९.०८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एभरेष्टले ६३ करोड ३३ लाख ७३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा भने ३० करोड ८४ लाख ७९ हजार मात्रै रहेको छ ।
आठ अर्ब १० करोड ६८ लाख ६३ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ६ अर्ब ९६ करोड ७१ लाख ३२ हजार राखेको छ । तीन महिनामा बैंकले खुद व्याज आम्दानी पनि बढाएको छ । यो अवधिमा १ अर्ब ४३ करोड २५ लाख १९ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ९.३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको खुद व्याज आम्दानी एक अर्ब ३१ करोड छ लाख २५ हजार रुपैयाँ थियो । एभरेष्टले निक्षेपमा १२.४१ प्रतिशत र कर्जामा १२.८१ प्रतिशतको वृद्धि हासिल गरेको छ । गत असोज मसान्तसम्ममा बैंकले १ खर्ब ३४ अर्ब ७४ करोड ४९ लाख ८५ हजार रुपैयाँ निक्षेप पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब १९ अर्ब ८६ करोड ४९ लाख पाँच हजार रुपैयाँ थियो । बैंकको कर्जा प्रवाहमा पनि प्रगति भएको छ । यो वर्ष १ खर्ब ९ अर्ब ५३ करोड ८२ लाख कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९७ अर्ब ९ करोड ५४ लाख ६६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।