free website hit counter

हिमालयन बैंक नाफा बढायो

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंकले ६९ करोड ४२ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंक ६४ करोड ९६ लाख ५८ हजार खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १९ करोड ८८ लाख ४१ हजार रहेको छ। राष्ट्र बैंकले तोकेको व्यवस्था अनुरुप बैधानीक जगेडा र नियामकीय जगेडा कोषमा गरि कूल ४९ करोड ५३ लाख ८१ हजार रुपैयाँ छुट्याउँदा बैंकको वितरणयोग्य मुनाफामा भने कमी आएको हो।
गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस र १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको यस बैंकको चुक्ता पूँजी ८ अर्ब ५२ करोड २ लाख रहेको छ। असोज मसान्तसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ७९ करोड ५० लाख रहेको छ भने रिटेन्ड अर्निङ्गमा २ अर्ब ३६ करोड ९९ लाख रहेको छ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ४८ करोड ३ लाख निक्षेप सङ्कलन गरी ९७ अर्ब ७० करोड ६८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसबापत बैंकले १ अर्ब ३१ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०।४६ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६।९१ प्रतिशत बढेर ९९ करोड २ लाख पुगेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार