सामान्यतया जीवनबीमा सावधिक, आजीवन र म्यादी गरेर तीन प्रकारका हुन्छन् । आजिवन जीवन बीमा पनि तीन प्रकारका हुन्छन् । जसमा साधारण, सीमित भुक्तानी र परिवर्तनीय आजीवन बीमालेख पर्दछन् । बीमकहरूले ल्याएको सावधिक अन्तर्गतको अन्य योजनालाई श्रेय मान्ने हो भने जीवन बीमा ४ प्रकारका हुन्छन् । बीमकहरूको र बीमक आफैंको प्रतिस्पर्धामा बीमालेखहरू (Beema Policy) को सेवा सुविधा फरक फरक हुन्छन् ।
यहाँ बीमकहरूले जे जस्ता उत्पादनहरू (बीमा लेख) बजारमा ल्याए पनि सावधिक जीवन बीमा मुनाफामा सरिक हुने नै बढी लोकप्रिय छ । सावधिक जीवन बीमाअन्तर्गत चलनचल्तीमा रहेका तर बीमकअनुसार फरक नाम भएको बीमालेखहरू पर्दछन् । सिधा रुपमा जानकारी दिनुपर्दा जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेखहरू बच्चा, बालक, बृद्ध र स्वास्थ्यमा सम्बन्धित रहेर बजारमा ल्याउँछन् । यसअन्तर्गत बच्चालाई विवाह, शिक्षा, सामूहिक परिवारवालालाई धनफिर्ता (बीमाको अवधि सकिनु अगावै केही रकम बीमितलाई दिने) बृद्धहरूलाई भत्ताको जस्तो गरेर पेन्सनको रुपमा दिने आदि लगायतको बजार विस्तार गर्ने योजना हुन्छन् । समय समयमा व्यतित (Lapse Policy) बीमालेख पुनर्जागरण गर्नलाई (Revive) ब्याज मिनाह गर्दछन् ।
अब प्रसंगमा प्रवेश गरौं माथि उल्लेखित व्यवहारले के बुझाउँछ भने बजारमा बीमकहरूले बीमालेखका सुविधाहरू धेरे भएको बताउँछन् तर कुन उमेरको व्यक्तिलाई कुन स्तरको परिवारलाई कुन बीमालेख बिक्री गर्ने भन्ने दुविधा कायमै रहन्छ । यस सन्दर्भमा बीमालेख खरिद गर्ने र बिक्री गर्ने जिम्मेवार ग्राहक र अभिकर्ताको क्षमतामा भर पर्दछ । ग्राहकको आर्थिक क्षमता र अभिकर्ताको दक्षतामा बीमालेख खरिद बिक्रीको आधार तय हुन्छ । यहाँ स्मरणीय कुरा भनेको कसलाई कति रकमको बीमा गर्ने वा गराउने हुन्छ । व्यक्ति रोजगार वा आफैं कमाउने भई २०–२५ वर्षको उमेर र आयस्रोत कम भएमा बचत हुने रुपैयाँको आधा रकम बीमा शुल्क हुने गरी लामो अधिको (२०–२५ वर्षको) गर्नु/गराउनु पर्दछ भने उक्त व्यक्ति पारिवारिक भएको र आर्थिक भार पनि आफंैले थेगेको भएमा बीमा अवधि सकिनु अगावै बीमा रकमको केही हिस्सा फिर्ता हुने बीमा (Money Back) गर्नुपर्दछ । जसले बीमाको अवधिभित्र आइपर्ने सानातिना आर्थिक कठिनाईको समाधान गर्दछ । परिवार ठूलो छ र ४/५ जनाको बीमा एकै पटक गर्न चाहेमा अभिकर्ताले विचार पु¥याउनु पर्दछ ।
आफ्नो बीमाको बीमालेख अनुसार कम्तिमा २ जनाको २/४ वर्षमा २५ प्रतिशत बीमांक (बीमा रकम) फिर्ता हुने बीमालेख खरिद बिक्री गर्नुपर्दछ । यस प्रकारको बीमा बीमकअनुसार फरक नामाकरण गरिए पनि बीमा गरिएको १–५ वर्षभित्र निश्चित रकम बिमितलाई फिर्ता दिने प्रावधान छ । यसले गर्दा परिवारका अन्य सदस्यको बीमालेख आर्थिक कारणले निस्क्रिय हुँदैन र आफ्नो व्यवारिहक गर्जाे पनि टार्न सक्छ । निरन्तर आम्दानी बढीरहने आर्थिक बोझ कम भएको व्यक्तिले ठूलो रकम र छोटो समयको बीमा गर्दा उचित हुन्छ । तर यस्तोमा वा छोटो अवधिको वा १५ वर्षभदा कम अवधिको बीमा गर्दा दोब्बर हुँदैन र घाटा पनि हुँदैन । व्यापारिक घरानाको व्यक्ति र आम्दानी बढी देखिएमा सावधिक जीवनबीमा जतिसक्यो ठूलो रकमको गराउनु पर्दछ र अण्डर राइटिङलाई चाहिने विवरण पेश गर्नुपर्दछ ।
बीमा अभिकर्ताले प्रस्ताव फारम भर्दा पुरक बीमा लेखको बारेमा ग्राहकलाई बुझाई आफ्नो बीमा कम्पनीमा उपलब्ध पूरक बीमा लेखहरु तथा अन्य सुविधाहरु (PWB, PTD, ADB, TR, CI) लगायतका उपलब्ध सुविधाहरु समावेश गरिदिनु पर्दछ ।