कोभिड्-१९ ले हाम्रो देशलाई आहत बनाइरहेको यो अत्यन्तै जटिल परिस्थितिले मलाई पनि अछुतो राखेन । आज म कोभिड बिरुद्द्को एउटा लामो, अत्यन्तै कठिन र पिडादाइ सङ्घर्स लाई पार गर्न सफल भएको छु । एउटा काहाली लाग्दो २६ दिने उच्छबास काटेर मुर्झिएका मेरा हौसलाहरु लाई एकतृत गर्दै फेरी सामान्य अवस्था तिरको दिशानिर्देशले सन्तोष तथा खुशीको आभाष पनि भएको छ । नेसनल ट्रमा सेन्टरको ४२९ नम्बर बेड्को त्यो १२ दिने काहाली लाग्दा पलहरुमा मैले धेरैपटक, धेरै नजिकबाट मृत्युलाई नियाँले। दिनहु जसो सम्भावना बोकेका होनहार जिवनहरु अनवरत ढलिरहेको देखें । जिवनको लागी गरिएका अथक प्रायत्न, आर्तनाद्, याचना र चित्कारहरु देखे र सुने । यो १२ दिनमा धेरै पटक जिवन र मृत्युको टाँड्मा झुन्डिन पुगेको आभास भयो । समयले बाजले चल्ला उचालेझैं धेरै पटक आफ्नो पन्जामा उचाल्यो । धन्य छ म फुत्किन सफल भएँ । मान्छेको शरिरलाई प्लास्टिकले सामान प्याक गरेझै प्याक गरेको देख्दा अलिकती भएनी बिचलित नहुने त कुरै भएन । अक्सिजन लगाउदा पनि सास अडकियर घिटी घिटी हुँदा चाँही कि वार कि पार हुन पाए पनि हुन्थ्यो जस्तो लाग्ने रहेछ । घरी घरी आक्सिजनको अभाब हुँदा मनमा चिसो पस्थ्यो । तर पनि, यस्तो प्रतिकुल अवस्था र अभाबमा अस्पताल प्रसाशनले कुशल ब्यबस्थापन गर्न सफल भायो । म अस्पताल प्रशासन प्रती उच्च सम्मान प्रकट गर्न चाहन्छु ।
मैले कोभिड लाई कहिले पनि ठुलो मानिन । आफुलाई जहिले पनि बलियो ठाने । जब मैले भोगेँ अनि कोभिड भनेको के हो अहिले मात्रै बुझेँ । तेसैले कोभिड लाई सामान्य रुपमा नलिन म सबैलाई अनुरोध गर्दछु । यो अवधी बिचमा मेरो एक अभिभाभक तथा मानानीय साम्सद श्री पशुपती चौलागाँइ लगायत, सहकर्मि, समाजसेबि, बिभिन्न महत्व पुर्ण ब्यक्तित्व हरु दिवङ्गत हुनुभएको खबरले मलाई थप पिडाबोध भएको छ । म वाँहाहरु र दिवङ्गत हुनुभएको सम्पुर्ण नेपाली आमा बुवा, दाजुभाइ दिदी बैनी हरु प्रती हार्दिक श्रद्दासुमन अर्पण गर्न चाहान्छु । र सम्पुर्ण कोभिड सँग लडिरहनु भएका आमा बुवा, दाजु भाइ, दिदी बैनी हरुमा शिघ्र स्वास्थ्यलाभको कामना भन्न चाहान्छु ।
यो बिच मा मलाई प्रत्यक्ष . अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने मेरा मित्र हरुप्रती कृतज्ञ हुँदै, म वाहा हरुलाई उच्च सम्मान प्रकट गर्न चाहान्छु । म लगायत सम्पुर्ण कोभिड्-१९ को बिरामी हरुको उपचारमा भोक प्यास नभनी आफ्ना परिवाराजन, बालबच्चा छाडेर अहोरात्र खटिनुभएका सम्पुर्ण डाक्टर्, नर्स्, स्वास्थकर्मि, तथा नेसनल ट्रमा सेन्टर परिवार लाई म दुइ हात जोडेर नमन गर्दछु ।
बोल्न सक्ने अवस्थामा नरहेर तथा अन्य कारणबस म फोनमा बोल्न नसक्ने अवस्थामा थिए । मलाई देश भरिबाट बिभिन्न सामाजिक सन्जालहरु मार्फत्, मेरा परिवारजन र प्रियजनहरुको फोन मार्फत र आन्य मध्यमहरु मार्फत शुभेच्क्षा प्रकट गर्नुहुने सम्पुर्ण सहकारिकर्मि, इस्टमित्र, आफन्त तथा बिगत लामो समय देखी मलाई अभिभाभकको रुपमा सधैँ हौसला प्रदान गर्नुहुने राष्टृीय सहकारी माहासङ्घका निबर्तमान अध्यक्ष, बर्तमान अध्यक्ष तथा सम्पूर्ण परिवार्, साना किसान बिकास लघुबित्त बित्तिय संस्था परिवार्, नेपाल कृषी सहकारी केन्द्रिय सङ्घ् परिवार्, राष्टृीय सहकारी बैङ्क परिवार्, बिग इन्भेस्ट्मेन्ट कम्पनी परिवार, सम्पुर्ण केन्द्रिय सङ्घहरु, जिल्ला सङ्घहरु तथा संस्थाहरु प्रती हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।
तसर्थ यो माहामारी लाई परास्त गर्न सबैलाई सकारत्मक सोच्, स्वस्थ जिवनशैली, उच्च मनोवल राखी सबै स्वास्थ मापदण्डहरु पुर्ण रुपमा पालना गर्न बिनम्र अनुरोध गर्दछु । आसा छ अब आउने दिनहरु स्वस्थ तथा सुखी हुनेछ्न । धन्यबाद ।
(पाठक साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हुनुहुन्छ)