free website hit counter

महतोले गृह मागेपछि प्रधानमन्त्रीले यसो भने

beemaadmin
२०७८ जेष्ठ १६, आईतवार

काठमाडौं । चुनावमुखी बजेट ल्याएर आफूलाई सुरक्षित बनाएको सरकारले आफूलाई सहयोग गर्ने जसपाको महन्त ठाकुर राजेन्द्र महतो पक्षलाई आज भोलि नै सरकारमा ल्याउने भएको छ । नागरिकता र प्रतिनिधिसभा विघटनमा अदालती फैसला कुरी बसेको जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहलाई आज साँझ वा भोलिसम्ममा मन्त्री बनाउन खोज्नुभएको छ । १० वटा मन्त्रालय माग्दै आएको जसपाको उक्त समूहलाई प्रधानमन्त्रीले हाल सात वटामा चित्त बुझउन आग्रह गर्नुभएको बताइन्छ । अहिलेलाई यत्तिमा चित्त बुझाउनुस्,पछिको पुनर्गठनमा सोचौंला भन्दै जसपालाई चित्त बुझाउनु भएको छ । त्यसले जसपाभित्र मन्त्री बन्नेहरुको छनौट र अहिले नै जाने नजानेबारे आज दिउँसोसम्म केही सल्लाह हुने बुझिएको छ । सरकारमा जाने भनिएकोको राप्रपावारे भने कुनै टुङ्गो छैन । मन्त्रीमण्डलमा गृह र अर्थ मन्त्रालय मागेको जसपालाई प्रधानमन्त्रीले स्पष्टसँग ती मन्त्रालय पाईंदैन, दाबी नगर्नुस् भन्नुभएको बताइन्छ । महतोको गृहमा जाने उत्कट चाहनालाई आसन्न मध्यावधि निर्वाचनमा कमाण्ड सम्हाल्न गाह्रो हुने भएकाले अर्को रोज्नोस् भनेर तर्काइएको छ । स्वास्थ्य मन्त्रालयमा सर्वेन्द्रनाथ शुक्लाले तीब्र चाहना राखे पनि बालुवाटारले खानेपानी मन्त्रालयको अफर गरेको छ । तर शुक्लाले ‘त्यो त हुँदैन’ भनेर जवाफ दिएको बुझिएको छ । आगामी पुनर्गठनको निम्ति ओली सरकारमा नयाँ परराष्ट्रमन्त्री बन्ने उम्मेदवारको खोजी हुन थालेको छ । स्रोतका अनुसार पहिलो चरणमा नियुक्त भएका मन्त्रीहरुलाई बिदा दिएर नयाँ अनुहार ल्याउने तयारी भएको हो । एमाले प्रवक्ता, महासचिवलगायतका नेता नै मन्त्रीमा संलग्न भएपछि पार्टीको काममा असर परेकोले त्यसो गर्न खोजिएको हो । स्रोत भन्छ ‘सरकारी ढाँचा, ढर्रा र सलाम खाँदैमा फुुर्सद नभएपछि पार्टी काम लथालिङ्ग हुनसक्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार