free website hit counter

एनआईसी एशियाको नाफा १ अर्ब ९६ लाख

beemaadmin
२०७६ मंसिर १, आईतवार

काठमाडौं। देशभर शाखा सञ्जाल विस्तार गर्दै मुलुककै ठूलो बैंक बन्न सफल एनआईसी एशिया बैंक पहिलो त्रैमाशमा १ अर्ब ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत आवको तुलनामा ३४.१३ प्रतिशत अर्थात २५ करोड ६९ लाख रुपैयाँले बढी हो भने बैंकहरुमध्ये तेस्रो ठूलो नाफा हो। एनआईसी भन्दा नबिल र राष्ट्रिय वाणिज्य बैंकले बढी मुनाफा आर्जन गरेका छन्।
असारदेखि अहिलेसम्म बैंकको निक्षेप संकलन १.३६ प्रतिशत मात्रै बढेको छ । बैंकले यो अवधिमा ८.१५ प्रतिशतले कर्जा विस्तार गरेको छ। त्यस्तै बैंकले तीन महिनाको अवधिमा १ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ५४ अर्ब रुपैयाँ ऋण लगानी गरेको जनाएको छ भने नाफामा उल्लेख्य सुधार देखिए पनि व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी भने १.२२ प्रतिशतले घटेको जनाएको छ । यस्तो आम्दानी एक अर्ब ८४ करोड रुपैयाँ छ। गत वर्ष एक अर्ब ८६ करोड रुपैयाँ थियो।
चुक्ता पूँजी ९ अर्ब ७१ करोड रहेको बैंकको जगेडा कोषमा चार अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ। निक्षेप तथा कर्जा विस्तारमा आक्रामक देखिएको बैंकले ऋणपत्र मार्फत पूँजीकोष अनुपातलाई सन्तुलन कायम गर्न सफल भएको छ।
बैंकको आधार व्याजदर १०.७७ प्रतिशतबाट घटेर ९.५१ प्रतिशतमा झरेको छ भने स्प्रेडदर ५.१० प्रतिशत छ। यो गत वर्षको भन्दा कम हो।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार