free website hit counter

११ वर्षदेखि प्रेमीकै घरमा बेपत्ता

beemaadmin
२०७८ जेष्ठ ३१, सोमबार

एजेन्सी । एउटी युवती कतै हराए सास वा लास केही महिनामा भेटिन्छ । तर एउटी युवती हराएको दशक बित्यो तर पत्तो लागेन । एक युवती १० वर्षअघि हराएकी थिइन् । त्यतिबेलै उनी हराएको रिपोर्ट प्रहरीमा दर्ता गरिएको थियो । ती युवती छिमेकमै प्रेमीको घरमा एउटा कोठाभित्र लुकेर बसेकी थिइन् । ती युवती ११ वर्षसम्म प्रेमीकहाँ यसरी लुकेर बसिन् कि त्यही घरमा बस्ने प्रेमीका परिवारका सदस्यहरुले पनि थाहा पाएनन् । द न्यू इण्डियन एक्सप्रेसका अनुसार यो आश्चर्यजनक घटना भारतको केरलको पलक्कड जिल्लाको अइलुर गाउँको हो । समाचार अनुसार २०१० को फेब्रुअरीमा सजिथाको उमेर १८ वर्ष थियो जतिबेला उनी घरबाट हराएकी थिइन् । उनी हराएको रिपोर्ट पनि पुलिसमा दर्ता गराइयो । ११ वर्ष बित्यो तर सजिथाको कुनै खबर पाइएन । अहिले बल्ल खुलासा भएको छ कि सजिथा छिमेकमै प्रेमी रहमानको घरमा बसिरहेकी थिइन् । सजिथाको घर र रहमानको घर मात्रै ५०० मिटर दूरीमा छन् । सजिथा हराएको ११ वर्षपछि रहमान पनि हराएपछि मात्रै सजिथा त्यहाँ भएको खुलासा भएको हो ।
मार्च २०२१ मा रहमान अचानक घरमा केही नभनी बेपत्ता भए । त्यसपछि रहमानका परिवारले पनि पुलिसमा खबर गरे । पुलिसले रहमानको खोजी गरिरहेका बेला रहमानका भाइले एक दिन अचानक उनलाई सडकमा देखे तर रहमान घर जान तयार भएनन् । लकडाउन भएकोले पुलिस चेकिङ चलिरहेको थियो । रहमानका भाइले रहमानको बारेमा पुलिसलाई बताइदिए त्यसपछि पुलिसले रहमानलाई चौकी लिएर गए । त्यसपछि सोधपुछको क्रममा रहमानले पुलिसलाई ११ वर्ष अगाडिदेखिको कहानी बताए । रहमानका अनुसार अहिले उनी कोठा भाडामा लिएर बसिरहेका छन् जहाँ उनको साथमा सजिथा पनि छिन् । रहमानले ११ वर्ष पहिलेदेखि भएको सबै घटनाक्रम विस्तारमा बताए । सजिथा ११ वर्षअघि घर छाडेर भागेपछि रहमानसँग आएकी थिइन् । त्यसपछि यी दुईले रहमानका परिवारलाई केही नबताइ रहमानकै कोठामा बस्न थालेका थिए । पुलिसले सजिथाको बयान पनि लिएको छ ।
रहमानको घरमा रहमानका माता पितासहित चार जना अरु पनि बस्थे । रहमानको कोठातिर कोही पनि जाने कोसिस गरे भने रहमान आक्रामक हुन्थे । कैयौं पटक उनी काममा पनि जाँदैनथे । उनी खाना पनि कोठामै लगेर खान्थे । यस्तै गरी यति धेरै वर्ष चलिरह्यो । रहमानको कोठामा ट्वाइलेट बाथरुम पनि थिएन । यस्तोमा जब परिवारका सबै सुत्थे त्यसपछि सजिथा झ्यालबाट बाहिर जाने र भित्र आउने गर्थिन् । यसको लागि रहमानले झ्यालको ग्रिल निकालेका थिए । सजिथाले काफू कोठाबाट बाहिर निस्किन र फेरि भित्र जान झ्यालको प्रयोग कसरी गर्थिन् भन्ने देखाएकी छिन् । यति धेरै वर्षसम्म लुकेर बस्दा आफूहरु दिक्क भएपछि यही वर्षको मार्चमा आफूहरु बाहिर आएको रहमानले बताएका छन् । बाहिर आएपछि उनीहरु कोठा भाडामा लिएर बस्न थालेका थिए । उनीहरुले सुनाएको कुराबारे जाँच गर्दा सबै कुरा सत्य भएको पाइएको छ । उनहिरुलाई अदालतमा पेश गरिएकोमा अदालतले उनीहरुलाई साथमा बस्न अनुमति दिएको छ । उनीहरु अहिले भाडाको कोठामै बस्छन् । अहिले रहमानको उमेर ३४ वर्ष र सजिथाको उमेर २९ वर्ष भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार