free website hit counter

हत्यारालाई चोकमा ल्याएर एके ४७ ले उडाइयो

beemaadmin
२०७८ असार ४, शुक्रबार

एजेन्सी । बलात्कारी र हत्यारालाई सामान्य कारबाही गर्दा पनि मानवअधिकारको कुरा गरिन्छ । तर केही मुलुकमा जस्तालाई तस्तै कारबाहीको व्यवस्था छ । यमनको राजधानी सानामा बालबालिकाको हत्याका दोषी अपराधीहरुलाई मृत्युदण्ड दिइएको छ । उनीहरुलाई दिइएको मृत्युदण्ड निकै डरलाग्दो थियो । राजधानी सानामा कब्जा गरिसकेका हुथी विद्रोहीहरुले हत्याका तीन आरोपीहरुलाई बीच सडकमा ठूलो भिडको अगाडि लिएर गए । आरोपीहरुलाई सडकमा सुताइयो र मृत्युदण्ड दिन तोकिएका व्यक्तिले एके–४७ बन्दुकले गोली हानेर आरोपीहरुलाई मारिदिए । मारिसकेपछि उनहिरुको लाशलाई क्रेनको सहायताले आवामा झुण्ड्याइयो । पछि ती आरोपीहरुको शवलाई कपडामा बेरेर त्यहाँबाट हटाइएको थियो । हत्याका आरोपीहरु ४० वर्षका अली अल नामी, ३८ वर्षका अब्दुल्ला अल मखली र ३३ वर्षका मोहम्मद अरमान भएको बताइएको छ । मृत्युदण्डका लागि ल्याइँदा तीनै जना आरोपीहरुले जेलको नीलो कपडा लगाएका थिए। केही समयमै उनीहरुलाई एक–एक गरेर सडकमा बिच्छ्याइएको कपडामा एक अर्काको सामुन्ने पर्ने गरी सुताइयो । यस क्रममा ठूलो संख्यामा मानिसहरुको भीड त्यहाँ थियो । डेलीमेलको रिपोर्टअनुसार यसरी उनीहरुलाई मृत्युदण्ड दिइँदै गर्दाको भिडियो त्यहाँ जम्मा भएको भीडमा भएका मानिसहरुले बनाएका थिए । यी तीनैजनालाई पिठ्युँमा एके ४७ बन्दुकले गोली हानिएको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भयो । त्यसुपछि उनीहरुलाई रातो कपडामा बेरेर अर्को ठाउँ लगियो । अगस्ट २०१८ पछि यमनको राजधानी सानामा कसैलाई सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको यो पहिलो पटक हो । गोली हानेर आरोपीहरुलाई मारिसकेपछि विद्रोहीहरुले मानिसहरुमा अपराध गर्न डर होस् भनेर उनीहरुको शव केहीबेर त्यहीँ झुण्ड्याए । यमन २०१४ देखि गृहयुद्धमा फसेको छ । साउदी अरबको नेतृत्वका गठबन्धन देशका सेना विद्रोहीसँग लडिरहेका छन् । यो युद्धको क्रममा १ लाख ३० हजार जना मारिइसकेका छन् । कैयौं अन्तर्राष्ट्रिय संस्थाहरुले यसरी मारिने अधिकांश महिला र बालबालिका भएको बताएका छन् । यी विद्रोहीले यमनको सीमाबाट साउदी अरबको तेल डिपो र रिफाइनरीमा ड्रोन आक्रमण गरिरहन्छन् । गएको मार्चमा साउदी अरबले हुथी विद्रोहीहरुसँग युद्धबिरामको प्रस्ताव गरेको थियो तर विद्रोहीहरुले यसलाई अस्वीकार गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार