काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको शेयर स्वामित्व खरिद गर्ने भएको छ । एशियन लाइफले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको ५१ प्रतिशत शेयर स्वामित्व खरिद गर्ने सम्झौता भएको हो । सोमबार आयोजित एक कार्यक्रममा एशियन लाइफले वेल्थ म्यानेजमेन्ट प्राप्ति गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ र वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको तर्फबाट अध्यक्ष सचिन सिलवालले हस्ताक्षर गरेका हुन् । एशियन लाइफले वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङको ५१ प्रतिशत शेयर खरिद गरेपछि सहायक कम्पनी बन्नेछ । वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेड बीमा क्षेत्रमा एशियन लाइफको पहिलो सहायक कम्पनी हुनेछ । स्वमित्व परिवर्तन पछि वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडको नाम परिवर्तन गरी एशियन क्यापिटल लिमिटेड कायम हुनेछ । वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ लिमिटेडले हाल लगानी व्यवस्थापन र निक्षेप सेवा ‘डिपी’ प्रदान गर्दै आएकोमा भविष्यमा नियामक निकायबाट स्वीकृती लिई अन्य मर्चेन्ट बैंकिङ सेवाहरु पनि प्रदान गर्ने लक्ष्य लिएको छ ।