free website hit counter

कोषको विपक्षमा प्राइम लाइफका कर्मचारी

beemaadmin
२०७८ असार १८, शुक्रबार

काठमाडौं । अरु वित्तीय संस्थाकै कर्मचारीले झैंं प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारी पनि सामाजिक सुरक्षा कोषविरुद्धमा उत्रिए । कोषले गरेको बाध्यकारी नियमप्रति असहमति जनाउँदै इन्स्योरेन्सका कर्मचारीहरु कोषको विरुद्धमा उत्रिन बाध्य भएको जनाएका छन् । कर्मचारीहरुले असार १८ गते व्यानरसहित कार्यालय परिसर भित्रै विरोध जनाएका हुन् । उनीहरुले इन्स्योरेन्सका कर्मचारीले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको विभिन्न ५ बुँदामा असहमति जनाएका हुन् ।

कोषमा नजानुको यस्तो छ कारण
– कर्मचारीहरुले आईएलओ अभिसन्धी १९४९ (नं. ९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टु अर्गनाइज एण्ड राइट टु कलेक्टिम बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याइएकोमा इन्स्योरेन्सका कर्मचारीले आपत्ति जनाएका छन् ।

Advertisement
Advertisement

– त्यस्तै, खाइपाई आएको सेवा सुविधा घट्ने र लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकाले उनीहरु योजनामा जान नचाहेका हुन् ।

Advertisement
Advertisement

– नेपाल वित्तीय संस्था कर्मचारी संघले विगत २ वर्षदेखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, बिनियम र कार्यविधिमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफ्ती गरिएकोमा कोषको आपत्ति छ ।

– योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभई बाध्यकारी भएकोले उनीहरुको सामाजिक सुरक्षा कोषको योजनामा जान नमानेका हुन् ।

– साथै, न्युनतम ज्याला तथा पारिश्रमिकबाट बहुसंख्यक श्रमिकहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराई तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेकोमा कर्मचारीहरुले आपत्ति जनाएका हुन् ।

सम्बन्धित समाचार