free website hit counter

बीमा संस्थानले गर्यो प्रगति

beemaadmin
२०७६ मंसिर ३, मंगलवार

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा राम्रो प्रगति गरेको छ । पछिल्लो समय राष्ट्रिय बीमा संस्थानले नयाँ प्रविधि र पहुँचलाई विस्तार गर्दै आक्रामक व्यवसाय विस्तारको रणनीतिका साथ अघि बढिरहँदा यस्तो प्रगति गरेको हो । सो रणनीतिको नतिजा वित्तीय सूचकहरुमा समेत देखिन थालेको हो । संस्थानले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद बीमाशुल्क ४.२ गुणा र अन्य शीर्षकहरुमा समेत उल्लेख्य प्रगति गर्दा बचत रकममा ६६६ प्रतिशतको सुधार देखिएको हो । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा संस्थानले ७८ करोड रुपैंया मात्रै बीमाशुल्क संकलन गरेको थियो, यो वर्ष बढेर ४ अर्ब ९ करोड रुपैंया पुगेको छ । त्यस्तै लगानीबाट प्राप्त हुने आयलाई ३६ करोड ६६ लाखबाट सुधार गरी ४५ करोड २७ लाख पुर्याएको हो ।
अघिल्लो वर्षको न्यून आय र अधिक व्ययका कारण ४८ करोड ८६ लाख रुपैंयामा सीमित रहेको बचतको आकारलाई संस्थानले आय विस्तार र खर्च नियन्त्रणमार्फत् ३ अर्ब ७४ करोड रुपैंया पुर्याउन सफल भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार