free website hit counter

बेइजिङमा आपतकाल घोषणा

beemaadmin
२०७८ श्रावण २, शनिबार

एजेन्सी । समाचारको शीर्षक देख्ने बित्तिके हामी सबैले सोच्छौं कोरोनाको उत्पत्तिस्थल चीनको राधजानीलाई पनि कोरोनाले आतंकित बताएछ । तर कुरो त्यस्तो होइन । चीनले राजधानी बेइजिङमा आपतकाल घोषणा गरेको छ । राजधानीका सबै पर्यटकीय स्थलहरु बन्द गरिएका छन् । यस वर्षकै सबैभन्दा भारी वर्षा हुने चेतावनीपछि प्रशासनले बेइजिङमा कडा सुरक्षा व्यवस्था लागू गरेको हो । ग्लोबल टाइम्सका अनुसार चीनमा आइतबारदेखि नै भारी वर्षा र तुफानको चेतावनी दिइएको छ । आगामी २ दिनमा ६० देखि १०० मिलमिटरसम्म वर्षा हुने सम्भावना छ । ग्लोबल टाइम्सका अनुसार बेइजिङमा आइतबार दिउँसोदेखि २०२१ को सबैभन्दा भारी वर्षा हुने अपेक्षा गरिएको छ । यो वर्षा ३० घण्टासम्म चल्न सक्छ । बेइजिङको मौसम विज्ञान सेवाले आँधी तुफानको लागि यलो अलर्ट जारी गरेको छ । बेइजिङ ड्रेनेज ग्रुपले पम्प स्टेशन र जल संयन्त्रमा २ हजार ९ सयभन्दा धेरै कर्मचारी नियुक्त गरेको छ । राजधानीका पश्चिमी र उत्तरी क्षेत्र वर्षा र तुफानबाट सबैभन्दा धेरै प्रभावित हुनेछन् ।
पश्चिमी र उत्तरी क्षेत्रमा १०० देखि १५० मिलमिटरसम्म वर्षा हुने सम्भावना छ । पूर्वानुमानका अनुसार केही विशेष क्षेत्रमा भने वर्षा २०० देखि ३०० मिलिमिटरसम्म वर्षा हुन सक्छ । उता सिचुआन प्रान्तमा भारी वर्षा र बाढीका कारण हजारौं जनतालाई सुरक्षित स्थानमा सारिएको छ । स्थानीय प्रशासनले अझै वर्षा हुन सक्ने चेतावनी दिएको छ । सिचुआनमा शुक्रबारदेखि लगातार वर्षा भइरहेको छ । सबै १४ नदीको जलस्तर निकै बढेको छ ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार