free website hit counter

थन्किएका सवारीको बीमा शुल्क छुट

beemaadmin
२०७८ श्रावण ३, आईतवार

काठमाडौं । कोरोना कहरले व्यापार व्यवसाय ठप्प छ । कोरोनाको सबैभन्दा ठूलो मारमा परेको क्षेत्र भनेको यातायात र पर्यटन नै हो । अरु व्यवसाय पनि कोरोना कहरको मारमा परेकै छन् । बीमा समितिले निषेधाज्ञामा थन्किएका सर्वजानिक सवारी साधनहरूको बीमा शुल्कमा छुट दिन निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । समितिले सार्वजनिक यात्रु वाहक सवारी साधनको हकमा थन्किएको अवधी (लेअप पिरियड) गणना गर्दा निषेधाज्ञा शुरु भएको मितिदेखि लिने र समायवधि नेपाल सरकारबाट लकडाउन हटाएको समयसम्म कायम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । सार्वजनिक सवारी साधनको कुल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक रकममा छुट दिने व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ । कुल बीमा शुल्कको हिसाब गर्दा तेस्रो पक्ष यात्रु, कर्मचारीको बीमा लगायत जोखिम समहुको समेत हिसाब गर्नु पर्नेछ । यस्तै सार्वजनिक सवारी साधन बीमाको नविकरण बीमा शुल्कमा समायोजन गर्ने र अन्यत्र बीमकसंग नविकरण हुने अवस्थामा बीमितको अनुरोधमा बीमा कम्पनीले छुट रकमको प्रमाणपत्र उपलब्ध गराउन निर्देशन दिएको छ । तर चालु बीमा अवधीमा दाबी परिसकेको सवारी साधानको हकमा भने थन्किएको अवधीको लागि छुट लागू नहुने समितिले जनाएको छ ।

सम्बन्धित समाचार