free website hit counter

सांसद हराएपछि होटलमा धुइपत्ताल

beemaadmin
२०७८ श्रावण १६, शनिबार

काठमाडौं । सत्तामा अल्पमत र बहुमतको खेल शुरु भएपछि सांददहरु हराउनु अनौठो होइन । लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी वली हराएपछि माओवादी नेताहरूले होटल–होटलको निगरानी गर्न थालेका छन् । माओवादी नेताहरूको एक हुल एकाबिहानै वली निवास तुल्सीपुर पुगेपनि खाली हात फर्किए । सांसद विमला तुल्सीपुरमा छैनन्। आफन्तले उनी उपचारका लागि नेपालगञ्ज गएको बताएता पनि माओवादी स्रोतका अनुसार बुटवल मुख्यमन्त्री कार्यालयमै छिन् ।
शनिबार बिहान एक्कासी उनी नेताहरूको सम्पर्क बाहिर रहेको सूचना आएपछि माओवादीहरू बुटवलका होटल–होटल दौडिरहेका छन् । तर विमला कतै भेटिइनन्,बल्ल तल्ल माओवादीमा प्रवेश गरेकी सांसद मुख्यमन्त्री पद मुखमै आउन लाग्दा हराएपछि माओवादी नेताहरू एमालेको कलाकौशलदेखि हैरान भएका छन् । संसदीय संकटका बेला एमाले सांसदहरू थुनिने होटलमा बिहानैदेखि माओवादीहरू विभिन्न भेषमा डुलिरहँदा समेत दंगाली ‘भाउजू कमरेड’ भेटिइनन्। माअ‍ेवादी र कांग्रेसहरूले मुख्यमन्त्रीको दौडमा रहेका कुलप्रसाद केसीसँग गहन छलफल गरिरहेका छन् । मुख्यमन्त्रीले नै सांसद अपहरण गरेको उनीहरूको आरोप छ। यता एमालेहरूको निगरानीमा रहेकी विमला भने आफू एमाले नै भएको बताउँछिन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार