free website hit counter

युनियन लाइफको शेयर नेप्सेमा सूचीकृत

beemaadmin
२०७८ श्रावण १७, आईतवार

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। आइतबार कम्पनीको २ करोड १५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६५ लाख ५० हजार कित्ता र संस्थापकहरुको १ करोड ५० लाख ५० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि नेप्सेले ११५ रुपैयाँ १३ पैसा देखि ३४५ रुपैयाँ ३९ पैसा ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। त्यस अनुसार सोमबार देखि कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ। कम्पनीको शेयरलाई युएलआई कारोबार संकेत प्रदान गरेको छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार