free website hit counter

सफलताको सिढि चढ्दै ज्योति लाइफ

beemaadmin
२०७६ मंसिर ४, बुधबार

काठमाडौं । नयाँ खुलेको जीबन बीमा कम्पनी ज्योति लााइफ इन्स्योरेन्सले बीमा शुल्क संकलनमा ११९ प्रतिशतको उल्लेख्य सुधार ल्याउन सफल भएको छ । सो जीबन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २६ करोड ४२ लाख रुपियाँ खुद बीमा शुल्क संकलन छ जुन अधिल्लो बर्षको सोही अवधिको १२ करोड दुई लाखको तुलनामा १४ करोड ४० लाख रुपियाँले बढी हो ।

ज्योति लााइफले लगानी कर्जा तथा अन्य आयबाट दुई करोड १९ लाख, बीमालेख धितोमा तीन करोड ५१ लाख लगानी गर्दै दुई लाख ५९ हजार रुपियाँ आम्दानी गरेको छ। ज्योति लााइफले बीमा शुल्क संकलनमा गरेको सुधारका साथै खुद नाफा पनि तीन करोड ७६ लाख रुपियाँ गरेको देखाइएको छ जुन अधिल्लो बर्षको सोही अवधिमा कम्पनीको नाफा खुद नाफा तीन करोड रहेको थियो ।

हलको चुक्ता पुँजी एक अर्ब ५४ करोड रहेको ज्योति लााइफले बीमा समितिको निर्देशन अनुसार ६६ करोड रुपियाँ बराबरको प्राथमिक सेयर निष्कासन गर्ने भएको छ सो सेयर निष्कासन पश्चात् चुक्ता पुँजी दुई अर्ब २० करोड पु्ग्नेछ ।  ज्योति लााइफको जगेडा कोषमा २४ करोड ८० लाख रुपियाँ रहेको छ भने जीवन बीमा कोषमा ९१ करोड ४६ लाख पुगेको छ त्यसैगरी कम्पनीको महाविपत्ती कोषमा दुई करोड ७५ लाख रुपियाँ सञ्चिती रहेको छ ।

इन्स्योरेन्सले यस अवधिमा ४ हजार २०६ बीमालेख जारी गरी गरेको जनाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी नौ रुपियाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ ११७ रुपियाँ ८९ पैसा रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार