free website hit counter

९ अर्ब ६४ करोड कोरोना बीमा भुक्तानी बाँकी

beemaadmin
२०७८ श्रावण १९, मंगलवार

काठमाडौं । बीमा कम्पनीहरुले आफ्नो दायित्व अन्तर्गतको कोरोना बीमा दाबी भुक्तानी गरिसके पनि सरकारको दायित्व अन्तर्गत परेको रकम अर्थ मन्त्तालयले निकासा नगर्दा अरवौं रकम भुक्तानी हुन सकेको छैन । नेपाल सरकारले कोरोना बीमाबापत आफ्नो दायित्वमा ९ अर्ब ६२ करोड ६ लाख तीन हजार ९९४ रुपैयाँको दाबी भुक्तानी गर्नु पर्ने भएको छ । बीमा समितिले अर्थमन्त्रालयलाई नेपाल सरकारको दायित्व अन्तर्गतको उक्त रकम दाबी भुक्तानीका लागि पत्र पठाएको छ । गत बिहीबार सम्पुर्ण जीवन बीमा कम्पनीहरुले नेपाल सरकारबाट पैसा नआएको भन्दै कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका थिए ।

नेपाल बीमक संघले सम्पुर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको संयुक्त रुपमा हस्ताक्षर बीमा समितिमा पत्र पठाएका थिए । बीमक संघकोको उक्त पहल पछि बीमा समितिले अर्थमन्त्रालयलाई रकम निकासाका लागि अनुरोध गर्दै पत्र पठाएको हो । समितिका अनुसार कोरोना बीमालेख अन्तर्गत जारी बीमितको संख्या १७ लाख ५८ ३४३ रहेका छन् । नेपाल सरकारले अनुदान दिएर ९ लाख ५८ हजार १९८ जनाको कोरोना बीमा गरेको थियो । कोरोना बीमा गर्ने मध्ये १ लाख ३७ हजार ७५४ जनाले कोरोना संक्रमण पछि दाबी भुक्तानीको माग गरेका छन् । कोरोना बीमा मापदण्ड अनुसार पुलबाट ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी हुने व्यवस्था थियो ।

पुलमा रहेको ३ अर्ब ५० करोड रुपैयाँ भन्दा माथिको दाबी परेमा नेपाल सरकारले बेहोर्ने व्यवस्था थियो । सोहि अनुसार पुल मार्फत ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी भैइसकेको समितिले जनाएको छ । पुल बाहेक पनि बीमा कम्पनीहरुले आफुखुसी १ अर्ब २८ करोड ८१ लाख ७१ हजार ५५२ रुपैयाँ भुक्तानी गरेका छन् । हालसम्म चार अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । अझै ९ अर्ब ६४ करोड रुपैयाँको दाबी भुक्तानी हुन बाँकी रहेको समितिले जनाएको छ । बीमा समितिका अनुसार कोरोना बीमा मार्फत एक अर्ब ५ करोड रुपैयाँको बीमा शुल्क आर्जन भएको छ । नेपाल सरकारले अनुदान मार्फत बीमा गराएको बीमा शुल्क पनि भुक्तानी गर्न बाँकी रहेको छ । सरकारले २ करोड १२ लाख रुपैयाँ अनुदानमा बीमा गराउदाको रकम भुक्तानी गर्न बाँकी छ ।

सम्बन्धित समाचार