free website hit counter

प्राइम लाइफको नाफा बढ्यो, खुद बीमाशुल्क चार अर्ब नजिक

beemaadmin
२०७८ श्रावण ३०, शनिबार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २२.११ प्रतिशतले बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३ अर्ब २६ करोड २५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद नाफा भने ३.२५ प्रतिशतले बढेर ३० करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले २९ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६९ करोड २६ लाख रुपैयाँ, जीवन बीमा कोषमा १४ अर्ब ६९ लाख रुपैयाँ र महाविपत्ति कोषमा १५ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ७४.८० गुणा रहेको छ । कम्पनीले यस अवधिमा २ लाख २२ हजार ९५७ वटा बीमालेख जारी गरी कुल ४ अर्ब ४ करोड १० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ३ हजार ८७५ वटा दाबी बापत १ अर्ब २१ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३७ वटा दाबी बापत ८५ लाख ९३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार