free website hit counter

सिद्धार्थ इन्स्योरेन्समा वैदवार निरन्तर

beemaadmin
२०७८ भाद्र ४, शुक्रबार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीरेन्द्र वैदवार क्षेत्रीलाई निरन्तरता दिइएको छ । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले क्षेत्रीलाई इन्स्योरेन्सको सीईओ पदमा पुनः नियुक्त गरेको हो । इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट सेवा आरम्भ गरेका उनले कायम मुकायम प्रमुख कार्यकारी हुँदै, चार वर्षे प्रमुख कार्यकारीको जिम्मेवारी सफलता पुर्वक पुरा गरेका छन् । यससँगै उनले आगामी ४ वर्ष आफ्ना दोश्रो कार्यकाल सम्हाल्ने छन् ।
क्षेत्रीले पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरी भारतीय बीमा संस्थानबाट एफआईआई उपाधी हासिल गरेका छन् । उनी अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तीको रुपमा परिचित रहेका छन् भने संस्थागत सुशासनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रशासकको रुपमा मानिन्छन् ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार