free website hit counter

टार्गेट बढाएपछि नेपाल लाइफमा तनाव, आन्दोलन परिचालन कमिटी गठन

beemaadmin
२०७८ भाद्र ७, सोमबार

काठमाडौं । व्यवस्थापनसँगको असन्तुष्टिबीच नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलनरत बीमा अभिकर्ताहरुले १०१ सदस्यी आन्दोलन परिचालन कमिटी गठन गरेका छन् ।

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवस्थापनसँग शुक्रबारको वार्ता प्रयासमा सहमति हुन नसकेपछि भदौं १० गतेसम्मको अस्टिमेटम दिँदै आन्दोल परिचालन कमिटी गठन गरेको हो ।

 

शुक्रबारकै भेलाबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताहरुको भेलाले गणेश अधिकारीको संयोजकत्वमा १०१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेको हो ।

 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको नियम अनुसार बीमा अभिकर्तालाई हुनुपर्ने १८ प्रतिशतको स्ल्याव व्यवस्थापन गर्न एजेन्सी म्यानेजरहरुको टार्गेट स्ल्याव बृद्धि गरेपछि अभिकर्ताहरु आन्दोलित हुँदै आएका हुन् ।

 

बीमा अभिकर्ता र व्यवस्थापनबीच वार्ता र संवादहरु निरन्तर जारी रहेकोले छिट्टै सहमति हुने विश्वास लिएको बीमा अभिकर्ताहरुले जनाएका छन् ।

सम्बन्धित समाचार