free website hit counter

रिलायबल नेपाल लाइफ पाँचौं वर्षमा

beemaadmin
२०७८ भाद्र १५, मंगलवार

काठमाडौं । स्थापनाको छोटो समयदेखिनै व्यवसायिक फड्को मार्न थालेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश गरेको छ । कन्म्पनी भदौ १५ गते स्थापनको गौरवमय चौथो वर्ष पुरा गरेर पाँचौं वर्षमा प्रवेश गरेको हो ।

पाँचौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीका सिइओ नारायणबाबु लोहनीले सबैलाई शुभकामना दिँदै व्यवसायिक गतिलाई अझै चुस्त बनाउँदै अघि बढ्ने प्रतिबद्धना व्यक्त गर्नुभयो । उहाँले सबै स्टेक होल्डरसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने, बोनसदर बृद्धिमा फोकस हुने तथा डिजिटल मार्केटिङलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिईओ लोहनीले जीवन बीमा कम्पनीहरुका लागि बोनसदर निकै नै महत्वपूर्ण खम्बा रहेको बताउँदै सो दर वृद्धिका लागि आफू प्रयासरत रहेको बताउनुभयो । कम्पनीले पाँचौ प्रवेशको अवसरमा देशैभरि विविध कार्यक्रम गरेको छ ।

अर्थबीमा परिवार रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक सफलताको कामना गर्दछ ।

सम्बन्धित समाचार