free website hit counter

एलआईसी नेपाल २१ वर्षमा

beemaadmin
२०७८ भाद्र १६, बुधबार

काठमाडौं । जीवन बीमा व्यवसायमा आफ्नो अलग्गै पहिचानका साथ अघि बढेको लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी नेपालले गौरवमय २० वर्ष पुरा गरि २१औं वर्षमा प्रवेश गरेको छ । भारतीय जीवन बीमा निगमको सहायक कम्पनीको रुपमा स्थापना गरिएको यस कम्पनीमा निगम एक्लैको ५५ प्रतिशत शेयर रहेको छ ।

निगमपछि दोस्रो ठूलो शेयरधनी विशाल ग्रुपको मात्रै २५ प्रतिशत स्वामित्व रहेको छ । दुई दशकको इतिहासमा कम्पनीले जीवन बीमा कोषमा ८१ अर्ब ०६ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । विगत १० वर्षको लाभांसलाई हेर्ने हो भने कम्पनीले अन्य जीवन बीमा कम्पनीहरुको तुलनामा राम्रो लाभांस दिन सफल भएको देखिन्छ । कम्पनीले गत आर्थिक वर्षमा ५९.४४ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा १९ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा १४ प्रतिशत भन्दा धेरैले सुधार गर्न सफल भएको छ । कम्पनीले खुद बीमा शुल्क आर्जन १७ अर्ब ०४ करोड रुपैंयाँ आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन १७ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।कम्पनीको चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड ८७ लाख रुपैयाँ छ ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार