काठमाडौं । जन्मदिन, विवाहउत्सव जस्ता अवसरहरुमा ओइलाएर जाने फूल र खादा उपहार दिनुभन्दा जीवनभर याद दिलाउने बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । जिन्सी, नगद र उपहारका सामग्री भन्दा आफ्नो सन्तानलाई भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ।
यसैक्रममा सैनामैना ८, रुपन्देही निवासी खेमलाल भुर्तेलले आफ्नो छोरा टिकाराम भुर्तेलको जन्मदिनको अवसरमा ५ लाखको सिटिजन शुभारम्भ जीवन बीमा प्रदान गरेको कम्पनीले जनाएको छ । सिटिजन जीवन बीमा कम्पनीको सिटिजन शुभारम्भ जीवन बीमा योजना अन्तर्गत यो उपहार दिएको आमा भुर्तेलले बताइन् । सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहार दिएको बुबा खेमलाल भुर्तेलले बताएका छन् ।