काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका बीमितको असामयिक निधन भएपछि आश्रित परिवारलाई बीमा दाबी भुक्तानी हस्तान्तरण गरिएको हो । बिर्तामोड शाखाका बीमित अमरजीत ठाकुरको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको छ । उनको विश्वव्यापि कोरोना माहामारीबाट उपचारको क्रममा जेठ ८ गते मृत्यु भएको थियो । निजको आमा निर्मला देवि ठाकुर एवं श्रीमती सती कुमारी शर्मालाई निजहरुकै घरदैलो हल्दीबारी –०१,गोलधाप, झापा गई ११ लाख ३९ हजार २३३ रुपैयाँको चेक दिएको कम्पनीले जनाएको छ । दाबी रकम गाउँपालिकाका वडा अध्यक्ष त्रिलोचन सापकोटा, बिर्तामोड शाखाका शाखा प्रबन्धक सुजन भण्डारी, काकडभित्ता ईन्चार्ज दुर्गाप्रसाद निरौलाले सयुक्त दिएका हुन् ।
मृतक ठाकुरले २ वर्ष अगाडि १० लाखको ४÷४ वर्षमा फिर्ता हुने र अवधि सक्के पछि पनि बिमा रहीरहने एशियन लाइफको लोकप्रिय योजना जिवन संजिवनी बीमा योजनामा बीमा गराएका थिए । उक्त कार्याक्रममा वडा अध्यक्ष सापकोटा यस्तो घरदैलो मृत्युदाबि भुक्तानी कार्याक्रमले समाजमा सकारात्मक सन्देश दिने कुरा व्यत्त गदै एशियन लाई धन्यवाद दिएका थिए । उक्त कार्याक्रममा समाजिक अभियान्ता प्रकाश कार्की, एशियन लाईफका बि।एम एव संहकारी म्यानेजर धन कुमारी कार्की, पुर्णावती लिम्बु, सुर्य बहादुर श्रेष्ठ लगायत बिमीत, अभिकर्ता, संधसंस्थाका प्रतिनिधी,स्थानिय जनताको उपस्थिती रहेको थियो ।