free website hit counter

लगानी निर्देशिका परिमार्जन गर्न बीमा कम्पनीहरुको माग

beemaadmin
२०७८ भाद्र २३, बुधबार

काठमाडौंं । नियामक निकाय बीमा समितिको नेतृत्व सम्हालेदेखिनै बीमा व्यवसायलाई स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढाउने अभियानमा लागेका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबै जीवन बीमा कम्पनीका अध्यक्षहरुलाई संस्थागत सुशासन पालना गर्न निर्देशन दिएका छन् । बीमा समितिका अधिकांश पदाधिकारी उपस्थित गराएर राजधानीको होटल र्याडीसनमा आयोजित भेलामा जीवन बीमा अभिकर्तालाई दिइदै आएको कमिशन घटाउने विषयमा छलफल भएको थियो । यसैगरी लगानीको दायरा साँघुरो भएकोले प्रतिफल लिन नसकेको गुनासो बीमा कम्पनीका अध्यक्षहरुले अध्यक्ष सिलवाललाई जानकारी गराएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष सिलवालले समयमा लेखा परिक्षण नगर्ने, वर्षौसम्म एउटै विभागमा कर्मचारी राख्ने, स्वार्थ बाझिने गरी लगानी गर्ने जीवन बीमा कम्पनीहरुलाई कडा चेतावनी दिएको बताइन्छ । बीमा समितिले आयोजना गरेको छलफलमा अधिकांश जीवन बीमा कम्पनीका अध्यक्षहरुले बीमा अभिकर्तालाई दिइने कमिशन बढि भएकोले मुनाफा घटेको गुनासो गरेका थिए । सबैको राय सुझाव संकलन गरेर आगामी दिनमा आवश्यक नीति निर्देशन परिमार्जन गर्ने र जारी गर्ने अध्यक्ष सिलवालको प्रतिवद्धता थियो ।
जीवन बीमा कम्पनीका अध्यक्ष्यहरुले बीमा समितिले जारी गरेको निर्देशिका बमोजिम लगानीको दायरा विस्तार गर्न नसकेको गुनासो गर्दै ९० प्रतिशत लगानी बैंकको ब्याजरमा निर्भर हुनुपरेको बाध्यता दर्शाउँदै लगानी निर्देशिका पुन परिमार्जन गरिनुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित समाचार