free website hit counter

सिटिजन शुभारम्भ जीवन बीमा योजना

beemaadmin
२०७६ मंसिर ६, शुक्रबार

काठमाडौं । ग्राहकलाई आकर्षित गर्न बीमा कम्पनीहरुले नयाँ नयाँ बीमालेखहरु सार्वजनिक गर्नेक्रम प्रतिस्पर्धाकै शैलीमा अघि बढेको छ । नवीनतम जीवन बीमा लेख पस्किने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालसालै बजारमा ल्याएको सिटिजन शुभारम्भ जीवन बिमा योजना लोकप्रिय बनेको छ । प्रचलनमा आएको केही समयमै सिटिजन शुभारम्भ जीवन बिमा योजनाले नेपालीको मन जित्न सफल भएको हो ।
कार्तिक २१ गते विशेष कार्यक्रमको आयोजना गर्दै व्यवसायिक रुपमा शुरुवात गरिएको उक्त बिमा योजनामा हालसम्म ३,००० भन्दा बढी बिमितहरु आवद्ध भएको कम्पनीले जनाएको छ ।
बिमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजारको न्यूनतम बिमाङ्क रकममा बीमा गर्न सकिने यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बिमितहरुलाई आर्थिक सुरक्षा प्रदान गर्दछ ।
यस योजना मार्फत बिमितले साधारण मृत्युमा बिमाङ्कको डबल रकम एवम् दुर्घटना मृत्युमा बिमाङ्कको तीन गुणा तथा नियमानुसारको बोनस रकम प्राप्त गर्न हुनेछ । यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बिमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा र ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार