free website hit counter

एशियन लाईफको सुनिश्चित आय बीमा योजनाका यस्ता छन् विशेषता

beemaadmin
२०७८ आश्विन ६, बुधबार

काठमाडौं । जीवन बीमा व्यवसाय मर्यादित र स्वस्थ प्रतिस्पर्धाका साथ अघि बढेको एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको रुचीलाई मध्यनजर गर्दै नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ ।

एक कार्यक्रमको आयोजना गरी कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका संचालकहरु सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत राज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कामु नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं लगायतको उपस्थितिमा सो बीमा योजना सार्वजनिक गरिएकोहो ।

Advertisement
Advertisement

यस बीमा योजनाको मूख्य बिशेषता परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना’ संचालनमा ल्याएको जनाएको छ । मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग–अशक्त सुविधा र बीमाशुल्क छुट सुबिधा थप गर्न सकिने व्यवस्था रहेको छ ।

Advertisement
Advertisement

१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भएतापनि बीमितले शुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क रु।२५,००० देखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानी गरी बीमा गर्न सकिनेछ ।

सम्बन्धित समाचार