free website hit counter

स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी रोकियो

beemaadmin
२०७८ आश्विन ८, शुक्रबार

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले गत आर्थिक वर्ष २०७७–७८ मा करिब ५ अर्ब रुपैयाँ बीमा दाबी वापत रकम भुक्तानी गरेको छ। बोर्डले यस अवधिमा ४ अर्ब ८२ करोड रुपैयाँ दाबी वापत विभिन्न हस्पिटलहरुलाई भुक्तानी गरेको हो । सरकारले गत आर्थिक वर्षको बजेट मार्फत बोर्डलाई ४ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारले बजेट मार्फत दिएको उक्त रकम बोर्डले दाबी वापत भुक्तानी गरेको कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी गराए ।
२०७२ सालदेखि विविध करणले दाबी रकम भुक्तानी नभएर सरकारले विनियोजन गरेको रकम फिर्ता जाने गरेकोले अहिले भुक्तानी गर्नुपर्ने रकम भने बढ्दै गएको उनको भनाई छ । बाँकी दाबी भुक्तानीको लागि अर्थमन्त्रालयबाट थप ३ अर्ब रुपैयाँ माग गरे पनि बोर्डले नपाएको उनको भनाइ छ ।
बोर्डले गत असारदेखि स्वास्थ्य बीमा कोषको स्थापना गरेको छ । त्यस कोषमा सरकारले दिएको रकम र बीमितबाट संकलित रकम राखिने छ । असारदेखि नै कोषको स्थापना भए पनि बल्ल रकम जम्मा हुने क्रममा रहेको बोर्डका कार्यकारी निर्देशक बसौलाको भनाई छ । कोषमा जम्मा भएको रकमबाट नै अस्पतालहरुलाई दाबी माग अनुसार भुक्तानी हुनेछ ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार