free website hit counter

एलआईसी नेपालद्वारा मुत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ आश्विन १४, बिहीबार

काठमाडौं । आफ्ना कम्पनीका बीमितको असामयिक निधनपछि एलआईसी नेपालले मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीमा ५ लाखको सार्वधिक जीवन बीमा गरेका पर्वत जिल्ला मोदी गाउँपालिका ६ थापारजुङ स्थायी घर भै कुश्मा नगरपालिका ६ बस्ने ४० बर्षिय भारतीय सेनामा कार्यरत केशबबहादुर केसीको परिवालाई ७ लाख २१ हजार २६० रुपैयाको चेक हस्तान्तरण गरेको हो ।केसीको गत बैंशाख १० गते हृदहघात भइ निधन भएको थियो । बीमकको मूत्यु पश्चात उनको श्रीमती यामकुमारी केसीलाई ऋण कटाएर बाँकी रहेको ७ लाख २१ हजार २६० रुपैयाको चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार