जीवन बीमा अभिकर्ताहरू बीमा व्यवसाय विस्तारका लागि बजारमा जान्छन् । तब ग्राहकले सकेसम्म बीमा नै नगर्ने तर गर्नै पर्ने भएमा बालबच्चाको बीमा गर्ने चाहना व्यक्त गर्दछन् । बीमा गर्ने र गराउने भनेको बीमा अभिकर्ताको क्षमताले निर्धारण गर्दछ । बीमा कम्पनीको जग भनेको नै बीमा अभिकर्ता हो । किनकि बीमा बजारको विस्तारमा अभिकर्ताको मुख्य भूमिका हुन्छ । बीमित वा ग्राहकले बीमकलाई भन्दा भभिकर्तालाई बढी विश्वास गर्छन किनकि यो आपसी सम्बन्ध, समझदारीमा गरिने एउटा व्यवसायिक करार हो । बीमा बजारमा त्यति अभ्यस्त नभएका ग्राहकहरूले सकभर अभिकर्तालाई पन्छाउन खोज्छन् यदि अभिकर्ता क्रियाशील भएको स्थितिमा बीमा गर्नै परेमा बाल बच्चाको बीमा गराउन खोज्दछन् ।
अभिकर्ताको जिम्मेवारीमा संकट
बीमा भनेको परिवारको जिम्मेवारी लिने व्यक्तिको गर्न जरुरी हुन्छ । किनकि आर्थिक व्यवस्थापन मुख्य व्यक्तिले नै गर्दछ र यदि उक्त व्यक्तिको अन्त्य भएमा पारिवारिक भार अर्को पुस्तामा हस्तान्तरण हुन्छ र त्यही भार नहोस् भनेर मुख्य व्यक्तिको जीवन बीमा गर्न जरुरी हुन्छ । जसले गर्दा व्यक्तिलाई प्रतिस्थापन गर्न नसके पनि आश्रित परिवारले आर्थिक प्रतिस्थापन, बोझ थेग्न पर्दैन । तर बच्चाको बीमा गर्दा यो सबै समस्याको समाधान नै हुँदैन । किनकि कतिपय बीमकहरूले बच्चाको उमेर ५ वर्ष र बीमा शुल्क बुझाएको क्रमशः २ वर्षपछि मात्र जोखिम बहन गर्दछन् यस अर्थमा जीवन बीमाको औचित्य कम हुन्छ । किनकि यसको भोगाईको विविध कारणले जीवन बीमा कम्पनीले नयाँ रणनीति तय गरेका हुन् ।
जोखिम बहन नभए किन जीवन बीमा गर्ने ?
प्राय बीमकहरूले निश्चित उमेरका बालबच्चाको जोखिम बहन गर्दैनन् वा उक्त जाखिम नलिने अवधिमा बालबच्चाको अन्त्य भएमा बीमाङ्क रमक होइन बीमा शुल्क मात्र फिर्ता गरिन्छ र प्राय बीमकले मुनाफा रकम (बोनस) जोडेर पनि दाबी भुक्तानी गर्दछन् ।
बालबच्चाको जीवन बिमा गर्नु आवश्यक छैन ?
बीमा जोखिमलाई बहन गरी मुनाफामा सरिक हुने गरी गर्नुपर्दछ । कुनै कुनै वीमकको त बालबच्चाको बीमालेख हालसम्म प्रचलनमा आएकै छैनन् बरु बरु त्यस्ता बीमकहरूले अभिभावकको बीमा गराई इच्छाइएको व्यक्ति छोरा, छोरी रोखर बालबच्चाको बीमा गरेको भन्ठान्दछन् भने अभिकांश बीमकहरूले बालबच्चाको बीमालेख बजारमा ल्याएको त छ तर सेवा सुविधामा केही फरक पन देखिन्छ । जीवनबीमा आफैंमा अमूल्य छ किनकि जीवन नै अमूल्य हो तै पनि जीवनको समाप्तिपछि आश्रितहरू बाँच्ने आधार र आर्थिक भार बहन गर्ने बीमा नै हो ।
बालबच्चालाई कस्तो जीवन बीमा गराउने ?
बीमा गराउँदा सम्पूर्ण जोखिम बहन हुने गरी भवितव्य परेको बखतमा आश्रितको आर्थिक स्थितिमा गिरावट हुन नपाओस् भन्ने हेतुले गर्न÷गराउन पर्दछ । यस सन्दर्भमा बालबच्चाको जीवन बीमाको धेरै प्रकारको बीमा लेख बीमकहरूले बजारमा ल्याएका छन् तर जे जस्तो अवस्थामा पनि कसरी भविष्यको आर्थिक सुरक्षा बीमितलाई गर्ने भन्ने प्रमुख उद्देश्य राख्नु पर्दछ । कुनै बीमकले बालबच्चाको बोनसदर शुरुमानै तोकेर बीमा प्रचार गरेका छन् । निश्चित उमेरहदसम्मको जोखिम बहन गर्दैनन् । किनकि यसको विकृति नेपालमा देखियो भने धेरै पहिला भारततिर विकृतिको खेति नै भयो तर सबै बीमा लेखमा फाट्टफुट्ट विवकृति देखिए पनि नियन्त्रणमा नै छ भने बालबच्चाको बीमामा भविष्य सुनिश्चित गर्न नै बीमकले यस्तो सर्त सुविधा राखेको हो । बालबच्चाको बीमा गराउँदा दुईवटा कुरामा ध्यान दिनुपर्दछ । एउटा प्रस्तावकको आर्थिक क्षमता र अर्को बीमाको उद्देश्य । बीमाको उद्देश्य भनेको प्रस्तावक नहुँदा बच्चालाई आर्थिक सुरक्षा दिनु हो । बीमा बच्चाको लागि भविष्यको बचत हो भन्ने बुझ्नु पर्दछ । यदि एउटा प्रस्तावकको आर्थिक क्षमता र अर्को बीमाको उद्देश्य । यसरी ज–जसको बीमा गरे पनि बीमा कम्पनीमा उपलब्ध पुरक करारहरु ग्राहकलाई सम्झाएर समावेश गरिदिनुपर्दछ । जसले आर्थिक रुपमा परिवार सुरक्षित हुन्छ ।
यसरी मिलाउँछ घरबार
यदि एउटा श्रीमान/श्रीमतीले जसले आम्दानी गर्दछ ऊ प्रस्तावक बनेर बीमा गर्न सक्दछ । पारिवारिक स्थिति बुझेर श्रीमान् श्रीमतीको बीचमा विश्वासको वातावरण छैन भने आम्दानी भएको व्यक्तिले बीमा गरेर इच्छाएको व्यक्तिमा बच्चाको नाम राखिदिनु पर्दछ जसले गर्दा प्रस्तावकको केही कारण जीवनको अन्त्य भए पनि बच्चा वालिग वा १६ वर्ष नपुगि बीमा रकम फिर्ता हुँदैन र त्यसैको लोभमा बच्चाको पालनपोषण हुन्छ र घर पनि बिग्रँदैन । अर्को तरिका भनेको बच्चाको नै बीमा गर्ने प्रस्तावक आर्थिक आम्दानी गर्ने श्रीमान श्रीमनी जो पनि हुन सक्दछन् त्यस्तोमा जोखिम बहन (PWB) गरिदिनु पर्दछ ।
यसमा यदि प्रस्तावकको मृत्यु वा दुर्घटनाबाट पूर्ण असक्षमता (Disable) दुवै आँखाको ज्योति गुमेको, दुवै खुट्टा काम नलाग्ने भएको, नुवै हात काम नलाग्ने भएको वा अन्य अंग जस्तै मेरुदण्डमा चोट लागी सुतिरहने भएमा बच्चाको बाँकी बीमा शुल्क तिर्नु पर्दैन र फेरि बच्चाको उमेर १६ वर्ष पुगेको र बीमालेखको अवधि पनि सकिएको अवस्थामा रकम बच्चाले नै पाउँदछ । यहाँ लुकेको अर्थ के छ भने बीमाको पैसाको आसले गर्दा बच्चाको हेरचार हुन्छ र प्रस्तावकको मृत्यु नभई Disable भएको भए उक्त व्यक्तिको पनि स्याहार पुग्दछ । हाम्रो पारिवारिक संरचनामा यो बीमालेख निकै महत्वपूर्ण छ । यस कारण पारिवारिक वातावरण सुदृढ भई बिकृति हुँदैन । यस कारण यस बीमालेख विशेषत श्रीमान श्रीमतीबीच सम्बन्ध प्रायः कायम रही आश्रित बच्चाको भविष्य सुनिश्चित भई पालन पोषण गर्ने निकटतम व्यक्तिको आर्थिक भार पनि कम हुन्छ ।